Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुर्मा देवि विद्युत प्रा.ली द्धारा जिल्लामा फेरी लोडसेडीङ, सेवा ग्राहीहरु मारमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

डिवि विष्ट, मंसिर ४, बझाङ / बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा फरी लोडसेडीङ भएको छ । सुर्मा देवि विद्युत प्रालीको केही देन अगाडी बसेको बैठेकले सो निर्णय गरेको जनाईएको छ । केही महीना अगाडी देखि निरन्तर विद्युत आएका भए पनि अब देखी चैनपुर र देबलको लाईनमा एक एक दिन विद्युत आउने प्राविधीक उमेल बहादुर बोहरा मुस्कानले जानकारी दीनु भयो ।

प्रविधीक बोहराले जानकारी दीए अनुसार विहान ७ बजे चैनपुको लाईनमा विजुली बन्द भएमा देबलको लाईनमा ७ः३० बजे विजुली जाने , दिउसो १ बजे बन्द भएका १ः ३० बजे विजुली जाने र बेलुका देबलको लाईनमा ५ बजे विजुली बन्द भएको खन्डमा चैनपुर लाईनमा ५ः३० बजे विजुली आउने भएको छ ।

यसरी क्रमश पालै पालो विजुली एक दिन एक लाईन र एक दिन एक लाईन विजुली जाने भएको छ । पानीको मात्रामा कमी आए पछि लोडसेडीङ बढाउनु परेको विद्युत प्रालीले जनाएको छ ।विद्युत नियमीत रुपमा आउन छोडे पछि जिल्लाको सदरमुकाम चैनपुरमा रहेका ब्यापारी तथा सेवा ग्रहीहरु मर्कामा परेका छन् ।