Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

ग्याँसको चरम अभाव, रित्ता सिलीन्डरले गोदाम भरीए पछि ग्राहकहरुलाई नै रित्ता सिलीन्डर फीर्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

डिवि विष्ट, मंसिर ४, बझाङ  / बझाङ जिल्लामा ग्याँसको चरम अभाव भएको छ । भारतले लगाएको अघोषित नाका बन्दी पश्चात जिल्लामा ग्याँसको चरम अभाव भएको हो । बझाङ जिल्लामा झन्डै २ महीना हुन लाग्दा समेत ग्याँस नआए पछि आफ्नो गोदाम रित्ता सिलीनडरले भरीए पछि कोदामा ठाँउ नभएका कारणले रित्ता सिलीन्डर नै ग्राहकहरुलाई फीर्ता गर्नु पर्ने स्थीती सिर्जना भएक ोरेडीयन्ट ग्याँसका अधिकृत विक्रेता तथा बझाङ ट्रेड एन्ड सप्लायर्सका प्रो प्राईटर दिपक जोशीले जानकारी दीनु भयो ।

जिल्लामा झन्डै ४ सय भन्दा बढी ग्राहक रहेको जोशीले बताउनु भयो ।ग्याँसकै लागी नियमीत झन्डै १ सय भन्दा बढी फेन कल आउने गरेको समेत उहाँले बताउनु भयो । जिल्लामा मात्र नभई जिल्ला बाहीर काठमान्डौ बाट समेत ग्याँसको लागी फोन आउने गरेको जोशीले जानकारी दीनु भयो ।

अहीले दैनीक जस्तो ६।७ बटा रित्ता सिलीन्डर फीर्ता हुने गरेका छन् । जिल्लामा अहीले ग्याँस आउने सम्भावना कम रहेको समेत जोशीले जानकारी दिनु भयो । यसरी ग्याँस पाउन छोडे पछि बढी जस्तो कोठा भाडामा बस्ने मारमा परेका छन् । कोठामा चुलो नभएको कारण कोठा भाडामा बस्ने मारमा परेका हुन ।