2026-10-23 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नगरकप फुटवल कार्तिक दोश्रो साता हुने

असार १, हेटौडा । नगरकप फुटवलको तेश्रो संकरण आगामी कार्तिक दोश्रो हप्ता हुने भएको छ । 

हेटौडा उपमहानगरपालिका र खेलकुद विकास समितिको छलफलवाट नगरकप फुटवल कार्तिक दोश्रो हप्ता गर्ने सहमति हुने भएको हो । हेटौडा उपमहानगरपालिका अन्तर वडा स्तरिय नगरकप फुटवल गत वैशाखमा गर्ने भनिए पनि निर्वाचनका कारण स्थगित भएको थियो । हेटौडाका फुटवल खेलाडीहरु उत्पादनको लागि महत्वपूर्ण आधारका रुपमा लिईन्छ ।

हेटौडा उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतको उपस्थितिमा भएको छलफलवाट अहिले वर्षा लागेको हुनाले प्रतियोगिता आयोजना गर्न असहज हुनेभएकोले   दशै,तिहार र छड पर्व लगत्तै प्रतियोगिता आयोजना गर्ने निष्कर्ष निकालिकएको  जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभएको छ । 

हेटौडा नगरपालिकाको आर्थिक सहयोग तथा हेटौडा स्कुल अफ म्यानेजम्यान्टको मुख्य प्रायोजनमा गत वर्ष भएको प्रतियोगिताको उपाधि सात नं वडाले जितेको थियो । छलफलमा नगरपालिकाका सुचना अधिकृत शंकर उपाध्याय, सामाजिक विकास महांशाखा प्रवन्धक भिम तिमल्सिना, खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल लगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने