दान बहादुर बुढा/असार २, मुगु । नेपाल टेलीकमले गमगढी बजारमा राखेको एन्टीसी मावाईनको टावर  मुगु जिल्लामा रहेको एक मात्र छाँयानाथ रारा नगरपालीकाको कार्याल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/असार २, मुगु । नेपाल टेलीकमले गमगढी बजारमा राखेको एन्टीसी मावाईनको टावर  मुगु जिल्लामा रहेको एक मात्र छाँयानाथ रारा नगरपालीकाको कार्याल"/>

2026-10-27 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नगरपालीकाको कार्यालय आसपासमा अझैं फोन लाग्दैन


दान बहादुर बुढा/असार २, मुगु । नेपाल टेलीकमले गमगढी बजारमा राखेको एन्टीसी मावाईनको टावर  मुगु जिल्लामा रहेको एक मात्र छाँयानाथ रारा नगरपालीकाको कार्यालय आसपासमा एन्टीसी फोनले काम  गर्दैन । 

नगरपालिकाद्धारा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा अब नगरपालिकाका १ देखी १४ वडा मध्य कुनै वडाहरुमा मोवाईलले काम नगरेका र सदरमुकाम गमगढी बजारमानै रहेको एन्टीसि मोवाईलले नगरपालीकाको कार्यालयको आसपासमा नै काम नगरेको  यसको समाधानको लागी र जुम्माको डाफे लेकमा रहेको रिले टावरको मर्मत गरी टोप्ला र बाममा नया टेलीकमको टावर राख्नको लागी  नेपाल टेलीकम कार्यालयका प्रमुख संग निति गत रुपमा अघी बढी सहेका जानकारी गराउदौ अवनगरपालीकाको कुनै पनि क्षेत्रमा नयाँ घर निर्माण गर्नु परेमा नक्सा पास गराउनु पर्ने छाँयानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले जानकारी गराए । यो भन्दा अगाढी घर बनाई सकेका नगरवासीले कुनै पनि वित्तिय संस्थाहरुबाट कर्जा लिनु परेमा पनि बनिसकेको घरको नक्सा पेश गर्नु पर्ने समेत व्यवस्था गरिएको छ ।  

सरोकारवाला निकायसंगको निरन्तरको छलफल तथा अन्र्तर क्रियाबाट आएका सुझाव अनुसार अव देखि सरकारी तथा गैर सरकारी निकायका कार्यक्रमहरुलाई दोहोरपना हुन नदिन एकद्धार प्रणाली लागु गर्ने, सञ्चारलाई प्रभावकारी  बनाउन पयाटकीय क्षेत्र रारा,थार्प,छाँयानाथ,ऋणमोक्षेय ,पिना , बालै गमगढी तुम रारा झ्यारी रिङ्ग रोड ,गमगढी बजार ब्याबस्थापन रारा तालमा आउने आन्तरीक तथा बाहिय पर्यटकहरुको ईन्टी फिस वा सुल्क उठाउने गमगढीबाम विद्युतिकरण नपुगेका बस्तिका लागि तत्काल टेण्डर आव्हान गर्ने बिघुत पु–याउने जस्ता कार्य र जनतालाई सहजैरुपमा सरकारी सवेवा पु–याउनको लागी वडाकार्यालय सन्चालन गरीएको नितिगत रुपमा निर्णय समेत गरि अघी बढेको छाँयानाथ रारा नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

अहिले अस्तव्यस्त अवस्थाको गमगढी बजारको खानेपानीलाई असार २५ गते भित्र व्यवस्थि तगर्ने गमगढी देखि वडा नम्बर दश झाकोट सम्मको सडकलाई एक हप्ता भित्र स्तरोन्नती गरि सक्ने आन्तरिक तथा बाह्य पर्यटकको अभिलेखिकरण गर्न राजश्व संकलन प्रक्रियालाई व्यवस्थित गर्ने र पर्यटकका लागि ताल्च देखि सल्लेरीसम्म पिछडिएका वर्गलाई अनुदान उपलब्ध गराएर होम स्टे सञ्चालन गर्ने समेत निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लामा रहेका स्थानीय सञ्चार माध्यममा क्रियाशिल सञ्चारकर्मिका लागि क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम समेत सञ्चालन गरिने नगरपालिकाले निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने