२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्ला प्रशासन कार्यालय बझाङका ७६ कर्मचारी छड्केमा

७ मंसिर २०७२, सोमबार ११:५१

सम्राट सिंह/मङ्सिर ७, बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले गरेको छड्के अनुगमनमा ७३ कर्मचारी अनुपस्थित रहेका छन ।

कार्यालयमा समयमै कर्मचारी नआउने जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको एक टोलीले आइतबार र सोमबार जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा छड्के अनुगमन गरेको थियो ।
अनुगमनमा जिल्ला वन कार्यालयमा ४, जिल्ला विकास समितिमा ७, जयपृथ्वी नगरपालिकामा ६, जिल्ला अस्पतालमा १८, सु.प.सिचाई विकास डिभिजन कार्यालयमा १०, खोड्पे बझाङ सडक योजनामा ५, जिल्ला मालपोत कार्यालयमा ६, जिल्ला प्राविधिक कार्यालय ८, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा १२ जना कर्मचारीहरु अनुपस्थित रहेको अनुगमनका टोली प्रमुख हरिश बिष्टले बताए ।

बिदा सकिएको दुई साता बितिसक्दा समेत जिल्लाका झण्डै दर्जनौ सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी अझै कार्यालयमा फर्केका छैनन् । जनताका लागि काम गर्ने सरकारी कार्यालय भनौ या सरकारी कर्मचारीको लार्पबाहिले जनताले दुःख भोग्नु परेको सोमबार जिल्ला विकास समिति मा सेवा लिन आएका विकट गाविस रिलु घर भएका बिन्दु आग्रीले बताए ।

उनले भने म मात्र नभएर जिल्लाका विकट काँडा,दाँतोला, धमेना र मेलबिसौना गाविस लगायतका सेवाग्राहीेहरु कर्मचारी कार्यालयमा नहूँदा रित्तो हात घर फर्कन बाध्य छन ।

कार्यालयमा कर्मचारी नबस्ने गरेको पटक पटक जनगुनासो बढेपछि छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । छड्के अनुगमनमा परेका कर्मचारीलाई कानुन अनुसार कारबार्हि गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता