२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिल्ला प्रशासन कार्यालय बझाङका ७६ कर्मचारी छड्केमा

२०७२, ७ मंसिर सोमबार ११:५१

सम्राट सिंह/मङ्सिर ७, बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले गरेको छड्के अनुगमनमा ७३ कर्मचारी अनुपस्थित रहेका छन ।

कार्यालयमा समयमै कर्मचारी नआउने जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको एक टोलीले आइतबार र सोमबार जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा छड्के अनुगमन गरेको थियो ।
अनुगमनमा जिल्ला वन कार्यालयमा ४, जिल्ला विकास समितिमा ७, जयपृथ्वी नगरपालिकामा ६, जिल्ला अस्पतालमा १८, सु.प.सिचाई विकास डिभिजन कार्यालयमा १०, खोड्पे बझाङ सडक योजनामा ५, जिल्ला मालपोत कार्यालयमा ६, जिल्ला प्राविधिक कार्यालय ८, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा १२ जना कर्मचारीहरु अनुपस्थित रहेको अनुगमनका टोली प्रमुख हरिश बिष्टले बताए ।

बिदा सकिएको दुई साता बितिसक्दा समेत जिल्लाका झण्डै दर्जनौ सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी अझै कार्यालयमा फर्केका छैनन् । जनताका लागि काम गर्ने सरकारी कार्यालय भनौ या सरकारी कर्मचारीको लार्पबाहिले जनताले दुःख भोग्नु परेको सोमबार जिल्ला विकास समिति मा सेवा लिन आएका विकट गाविस रिलु घर भएका बिन्दु आग्रीले बताए ।

उनले भने म मात्र नभएर जिल्लाका विकट काँडा,दाँतोला, धमेना र मेलबिसौना गाविस लगायतका सेवाग्राहीेहरु कर्मचारी कार्यालयमा नहूँदा रित्तो हात घर फर्कन बाध्य छन ।

कार्यालयमा कर्मचारी नबस्ने गरेको पटक पटक जनगुनासो बढेपछि छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । छड्के अनुगमनमा परेका कर्मचारीलाई कानुन अनुसार कारबार्हि गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित