2026-11-01 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इवा खोला जलविद्युत् आयोजनाको सेयर खुल्यो

असार २, पाँचथर । पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ ।

नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो । दश प्रतिशत अर्थात् रु १०० प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रु पाँच करोड ६० लाख बराबरको सेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुल्ला गरिएकामा २२ लाख ४० हजार कित्ता साविक थर्पु तथा साव्लाखुवासीका लागि र बाँकी ३३ लाख ६० हजार कित्ता ताप्लेजुङ र पाँचथर जिल्लाका लागि छुट्याइएको छ । 

फिदिममा रहेका माछापुच्छ्रे«, एनआइसी एसिया, एनएमबी, सिभिल बैंक तथा पाँचथर थर्पुमा सिभिल बैंकमा सेयर फारम भरी रकम जम्मा गर्न सकिने जनाइएको छ । 

ताप्लेजुङमा एनएमबी बैंकमा जम्मा गर्न सकिनेछ । विसं २०७४ असार ८ गतेसम्म सेयर बिक्री खुल्ला गरिएकामा प्रस्तावित रकम जम्मा हुन नसके असार २३ गतेसम्म जारी राख्ने जनाइएको छ । 

इवा खोला आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको परियोजना निर्देशक कुवेरमणि नेपालले बताउनुभयो । 

सो आयोजना ताप्लेजुङ तथा पाँचथर जिल्लाको सिमाना भएर बहने इवा खोलाको बायाँ किनारा साविक पाँचथर जिल्लाको थर्पु गाविस तथा ताप्लेजुङ जिल्लाको साब्लाखु गाविसमा पर्छ । 

आयोजनाले इवाखोलाबाट अधिकतम १२ दशमलव तीन क्युविक मिटर प्रतिसेकेन्ड पानी उपयोग गरी नौ दशमलव नौ मेगावाट क्षमताको विद्युत्शक्ति उत्पादन गर्नेछ । 

यो आयोजनाबाट उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको अमरपुर सवस्टेसनसम्म पु¥याइनेछ । अमरपुर सवस्टेसनबाट राष्ट्रिय ग्रिड प्रणालीमा विद्युत् समाहित हुनेछ । यस आयोजनामा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र बाँकी ५० प्रतिशत सञ्चालक तथा संस्थापक सेयरधनीको लगानी रहने बताइएको छ । 

यो आयोजनको निर्माण २०७४ माघ मसान्तभित्र सम्पन्न गरिसक्ने परियोजना निर्देशक कुवेरमणिले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द