2026-10-18 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पर्यटकीय गन्तव्य बन्दै लदाम बगैंचा

असार २, अर्घाखाँची । अर्घाखाँचीको जिल्ला सदरमुकाममा रहेका शान्ति तथा लदाम बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु भएको केही दिनमा नै लदाम बगैंचाको मुहार फेरिएको छ । 

पहिलो चरणमा लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ । बगैंचालाई आधुनिक र व्यवस्थित बनाइ पर्यटकीय स्थलको रूपमा  विकास गर्ने कार्यको थालनी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जिल्लाका पर्यटकीय स्थलहरूलाई आधुनिकीरण तथा व्यवस्थापन गर्न पहल गरेसँगै खत्रीको प्रयास तथा सबै क्षेत्रबाट सहयोग भई बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ  ।

लदाम आधुनिकीकरण तथा व्यवस्थापन गर्न नाप, नक्सा जाचँ गरी वैशाखमा प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले शिलान्यास गर्नुभएको थियो । बगैंचामा स्वीमिङ पुल, पानीको फोरा, राम मन्दिर, बालयुवा तथा वृद्ध–वृद्धामैत्री पूर्वाधार विकास गर्ने, १२०० मिटर हरितमार्ग, बालबालिकाको मनोरञ्जनका लागि पिङ, झुला बनाउने, वरिपरि तारजाली लगाएर सुरक्षित गर्ने गरी कार्य अगाडि बढाएको अभियानता खत्रीले बताउनुभयो । 

बगंैचालाई आकर्षक र मनोरम बनाउन  विभिन्न पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ । बगैंचा व्यवस्थित  बनेपछि सन्धिखर्ककै प्रतिष्ठा बढ्छ । बगैंचालाई हरित मैत्री बनाउन जिल्ला वन कार्यालयले ८ लाख रुपैयाँ विनियोजन गरेको छ । विभिन्न व्यक्तिहरूले  करिब १२ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । “पिक्निक तथा पार्टी हल, मिनी चिडियाघर, बेन्चहरू दुवो, विभिन्न जातका फुलहरू, सीसी क्यामेरा आदि पूर्वाधार निर्माण गर्ने गरी योजना तयार पार्दैछौं,” खत्रीले भन्नुभयो ।  लदाम बगैंचा  करिब ३० रोपनी जग्गामा फैलिएको छ । यो संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको बगैंचा हो । 

यहाँ  पिक्निक खानका लागि  जिल्लाका विभिन्न ठाउँबाट मानिसहरू आउने गर्छन् । बगैंचाको जग्गा २०११ सालमा सन्धिखर्क–४ वाङलाका खुमानन्द भण्डारीले  गोवद्र्धन पूजा गरी गाईलाई नुन हालेर दान दिनुभएको छ । 

खुमानन्दका नाति मुक्ति भण्डारीले आफ्ना हजुरबुवाले दान गरेको जग्गाको महत्व बुझेर सुन्दर, पर्यटकीय स्थल निर्माण गर्न लागिएको बताए । बन्दै गरेको बगैंचा हेर्नका लागी विहान र वेलुका फ्रेसका लागि दैनिक ५ सय देखि १ हजार जना अहिलेदेखि नै बगैंचा अवलोकन गर्न आउन लागेको खत्रीले बताए । खत्रीले सन्धिखर्कको मुख्य बजारमै रहेको शान्ति बगैंचालाई पनि सुन्दर, मनोरम बनाउन योजना अघि सारेका छन् । 

यसरी छोटो समयमा सहायक प्रमुख जिल्ला अधिकारीको पहलमा सुरु गरेको बगैंचा आधुनिकीकरण तथा व्यवस्थापन गर्नका लागि कम समय, स्रोत र साधनको कमी हँुदा–हुँदै पनी सोचेभन्दा धेरै काम भएको छ । नेपालमा गरेमा जे पनी सम्भव हुन्छ, प्रयास गरेमा विकास गर्न धेरै समय कुर्नुपर्दैन स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु