३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भूकम्प प्रभावित क्षेत्रका पशुहरुको गाउँमै उपचार

३ असार २०७४, शनिबार ११:०६

असार ३, पर्वत । पशु स्वास्थ्य एवं वाँझोपन निवारण सम्वन्धि २ दिने शिविर विहादी गाउँपालिका वार्ड नम्बर २ वर्राचौर र वार्ड नम्बर ३ रानीपानीमा गरिएको छ । 

पशु सेवा कार्यालय पर्वतले भूकम्प प्रभावित क्षेत्रका कृषक लक्षित सेवा अन्तर्गत शिविरको आयोजना गरेको हो । 

असार २ गते वर्राचौरमा १ सय ५२ घरधुरीका ९ सय ६२ गाई भौसी, कुखुरा लगायतका पशुपंक्षीहरुको उपचार भएको छ । असार १ गते वार्ड नम्बर ३ रानीपानीमा १ सय ९८ घरधुरीका ११ सय २६ वटा पशुहरुको स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको छ । 

गाई भैसी, भेडा, वाख्रा, वगुर कुकुर, जस्ता घरपालुवा जनावर र पंक्षीहरुका रोगको पहिचान र उपचार, पशुपालक कृषकहरुलाई परामर्श जस्ता सेवा शिविरवाट प्रदान गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रका पशु पालक कृषकहरुलाई घरदैलोमा सेवा दिने उदेश्यले शिविरको आयोजना भएको हो । 

कृषकहरुले सदरमुकामको सेवा गाउँमै पाएकोमा आयोजक प्रति खुशी व्यक्त गरेका छन् । अव गाउँपालिकामा पशु स्वास्थ्यको सेवा विस्तार गर्न उनीहरुको माग छ । पशु स्वास्थ्य शिविरमा जिल्ला पशु सेवा कार्यालयका पश्ु चिकित्सक विमल शर्मा पौडेलको नेतृत्वमा पशु सेवा प्राविधिक राजेन्द्र सुबेदी, नायव पशु स्वास्थ्य प्राविधिकहरु यज्ञभी थापा, हेम भूर्तेल, चोलाकान्त पौडेल, हरि पंगेनीले लगायतले पशु्हरुको जाँच तथा उपचार र परामर्श सेवा दिनुभएको थियो । -रोशन तिवारीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट