पर्वत । एसइइ परीक्षा २०७३ को नतिजा सार्वजनिक भएसँगै जिल्लामा कुन चाहि विद्यालयले उत्कृष्टता हासिल गरेको छ भनी सवाल र चासो उठ्ने गर्दछ । यसपाली एसइइ परीक्षामा विद्यार्थी सामेल गराउने सामुदायिक विद्यालयहरुमध्ये नवजागृत मावि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...   पर्वत । एसइइ परीक्षा २०७३ को नतिजा सार्वजनिक भएसँगै जिल्लामा कुन चाहि विद्यालयले उत्कृष्टता हासिल गरेको छ भनी सवाल र चासो उठ्ने गर्दछ । यसपाली एसइइ परीक्षामा विद्यार्थी सामेल गराउने सामुदायिक विद्यालयहरुमध्ये नवजागृत मावि"/>
2026-09-19 06:38 PM
पर्बत - PBT

पर्वतमा नीजि भन्दा सामुदायिक विद्यालयनै उत्कृष्ट

  पर्वत । एसइइ परीक्षा २०७३ को नतिजा सार्वजनिक भएसँगै जिल्लामा कुन चाहि विद्यालयले उत्कृष्टता हासिल गरेको छ भनी सवाल र चासो उठ्ने गर्दछ । यसपाली एसइइ परीक्षामा विद्यार्थी सामेल गराउने सामुदायिक विद्यालयहरुमध्ये नवजागृत मावि तिलाहारले जिल्लामै उत्कृष्ट नतिजा ल्याई पहिलो भएको छ भने संस्थागत विद्यालयहरुमध्ये आदर्श आवासीय मावि पहिलोमा गनिएको छ । 

नवजागृत मावि तिलाहार र आदर्श आवासीय मावि कुश्माबाट परीक्षा दिने विद्यार्थीहरुले जिल्लामै राम्रो अंक सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । नवजागृत माविले आदर्श आवासीय मावि र नमूना आवासीय माविलाई बाहेक अन्य नीजि विद्यालयहरुलाई समेत नतिजामा उछिनेको हो । नवजागृत माविबाट यसपाली एसइइमा ६६ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीहरुलाई शतप्रतिशत पास गराउन विद्यालय सफल भएको छ । सो विद्यालयका विद्यार्थी विनु लामिछानेले ३.९ जिपिए ल्याएकी छन् भने १४ जना विद्यार्थीहरु ए प्लस, १९ जनाले ए ग्रेड र २६ जनाले वी प्लस साथै १८ जनाले वी गे्रड हासिल गरेका छन् । सदरमुकामभन्दा टाढा रहेको यो विद्यालयले विगत केही वर्षदेखि अंगे्रजी माध्यममा विद्यार्थीहरुलाई पठनपाठन गराउदै आएको छ ।

जिल्लामा ३.९ जिपिए प्राप्त गर्नेमा आदर्श आवासीय माविबाट ३ जना विद्यार्थीहरु कविता शर्मा, विकास कुमार शाह र सोनिसा थापा छन् भने नमूना आवासीय माविबाट २ जना विद्यार्थीहरु अरविन्द पौडेल र अनिल तिवारी छन् त्यसैगरी सप्त चिन्तन आवासीय मावि हुवासका एक विद्यार्थी समेत छन् । 

जिल्लामै पहिलो नंम्वरमा आएको संस्थागततर्फको विद्यालय आदर्श आवासीय माविका चार जना विद्यार्थीहरु हनि शर्मा, निरुता पौडेल, किरण दर्जी, सुस्मा रेग्मीले ३.८ जीपिए प्राप्त गरेका छन् । सोही विद्यालयका ३ जना विद्यार्थीले ३.७५ र ३ जनाले ३.७० जिपिए । बाँकी विद्यार्थीहरुको नतिजा ए प्लसमा १७ जना, ए गे्रडमा १८ जना र बाँकीको बी प्लस छ । 

Image may contain: 16 people, people smiling, people standing

सामुदायिक विद्यालयतर्फ उत्कृष्टतामा दोस्रो स्थान सदरमुकाम कुश्माको नारायण माविले प्राप्त गरेको छ । यस विद्यालयबाट परीक्षामा ९८ जना विद्यार्थी सहभागी भएकोमा ५ जना विद्यार्थीले ए प्लस र ९ जना विद्यार्थीले ए गे्रड हासिल गरेका छन् । त्यसैगरी २० जनाले वी प्लस, २६ जनाले सी प्लस, २३ जनाले सी र ६ जनाले डी प्लस ल्याएका छन् । संस्थागत तर्फको दोस्रो विद्यालय नमूना आवासीय माविबाट यसपाली ४६ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । परीक्षामा सामेलमध्ये ६ जना विद्यार्थीले ३.८५ जिपिए, ६ जनाले ३.८० जिपिए, १९ जनाले ३.७५ जिपिए, ६ जनाले ३.७० जिपिए, ४ जनाले ३.५० देखि ३.२० जिपिए हासिल गरेका छन् । 

सदरमुकाममै संचालनमा रहेका संस्थागत विद्यालयहरुमध्ये कालीगण्डकी एकेडेमीबाट एसइइमा ३१ जना विद्यार्थीहरु सहभागी भएकोमा ९ जना विद्यार्थीहरुले ए प्लस गे्रड ल्याएका छन् । यसमा सृष्टि श्रेष्ठले ३.८० जिपिए ल्याएकी छन् भने शिशिर श्रेष्ठ र अस्मि शर्माले ३.७५ जिपिए प्राप्त गरेका छन् । त्यसैगरी १७ जना विद्यार्थीहरुले ए ग्रेड, ५ जना वी प्लस ग्रेडमा पास छन् । देउपुर नमूना आवासीय मावि पातीचौरले ३० जना विद्यार्थीलाई परीक्षामा सामेल गराएमध्ये विद्यार्थीहरु अम्मर विक्रम खड्का र रोसन चापागाईले ३.८० जिपिए ल्याएका छन् भने २२ जना ए प्लस र ७ जना ए ग्रेड साथै १ जना वी प्लस ल्याएर उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।

पर्वत गुरुकुल एकेडेमीबाट यसपाली एसइइ परीक्षामा ३४ जना विद्यार्थीले परीक्षा दिएकोमा १९ जना विद्यार्थी ए प्लस गे्रड ल्याउन सफल भएको जनाइएको छ । यस विद्यालयबाट ए प्लस गे्रड ल्याउने विद्यार्थीमध्ये सवैभन्दा बढी विमल केसीले ३.८० जीपिए ल्याएका छन् भने सृजना गिरीले ३.७५ जिपिए ल्याएकी छन् । ए गे्रड ल्याउने विद्यार्थीहरुमा ११ जना र वी प्लस ल्याई पास हुनेमा ४ जना छन् । सदरमुकाममै रहेको शिवालय माविले ए प्लस गे्रडमा एक जना विद्यार्थी मात्र पास गराउन सफल भएको छ ।

यसपालीको एसइइ परीक्षामा जिल्लाबाट ३१ सय विद्यार्थीहरु नियमिततर्फबाट सहभागी थिए भने ४५० जना एक्जाम्टेडबाट सहभागी रहेको जिल्ला शिक्षा कार्यालयका कर्मचारी उद्धिमराज पौडेलले बताए । जिल्लामा ७८ वटा सामुदायिक विद्यालयहरुले परीक्षामा विद्यार्थी सामेल गराएका थिए भने संस्थागतमा १३ वटा र खुला विद्यालय १ साथै प्राविधिक १ छन् ।

जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्न र शतप्रतिशत विद्यार्थीलाई उत्तिर्ण गराउन नीजि विद्यालयहरु सफल भए पनि सामुदायिक विद्यालयहरु भने अधिकांश कमजोर देखिन्छन् । परीक्षामा ए प्लस नतिजा ल्याउने विद्यार्थीहरु अधिकांश नीजि विद्यालयहरुबाट नै छन् भने सरकारी विद्यालयबाट भने अहिलेसम्म बुझ्न आएकोमा जम्मा २१ जना छन् । यीमध्ये पनि १४ जना नवजागृत माविबाट मात्र छन् । 

जिल्ला शिक्षा कार्यालयका प्रमुख रमेशराज पौडेललाई सामुदायिक विद्यालयको नतिजा किन कमजोर भन्ने सवाल राख्दा उनले चपाएर यसरी जवाफ दिए–‘अंग्रेजी माध्यममा पढाइ हुने सामुदायिक विद्यालयहरुमा नतिजा राम्रो आएको पाइन्छ । अघिल्ला वर्षहरुको भन्दा यसपालीको नतिजा सन्तोषजनक छ ।’

संस्थागत विद्यालयहरुमध्ये आदर्श आवासीय माविका प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्री र कालीगण्डकी एकेडेमीका प्रिन्सिपल बसन्त कर्माचार्यसँग संस्थागत विद्यालयले ल्याउने राम्रो नतिजाको कारण जान्न खोज्दा जवाफ एउटै जस्तो थियो । उनीहरुले भने–‘शिक्षकहरुको समर्पण, मिहिनेत, टिम वर्क लगायतकै कुराहरु नै परीक्षामा राम्रो नतिजा आउनुका कारणहरु हुन् ।’


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो