१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीको डरले चुनावमा बुलेट प्रुफ ज्याकेट लगाएर हिँडेः माधव नेपाल

४ असार २०७४, आईतवार ०२:५६

असार ४, काठमाडौं | नेकपा एमलेका नेता माधव कुमार नेपालले संविधानसभाको पहिलो निर्वाचनमा आफूले बुलेट प्रुफ ज्याकेट लगाएकर हिँडेको रहस्योघाटन गरेका छन् । 

गोठाटारमा शनिबार आयोजित कार्यक्रममा नेपालले यो रहस्योघाटन गरेका हुन्। ‘द्वन्द्वकालमा मलाई पूर्वआईजीपी अच्यूतकृष्ण खरेलले एउटा बुलेट प्रुफ ज्याकेट दिनुभएको थियो,’ नेपालले भने, ‘माओवादीले कतिखेर कसलाई के गर्छन्, के भन्न सकिन्छ भन्ने स्थिति भएकाले मैले भित्रपट्टी त्यो ज्याकेट लगाएर हिड्न थालेँ। २०६४ को चुनावमा आफ्नो निर्वाचन क्षेत्र डुल्दासमेत मैले त्यो ज्याकेट लगाएको थिएँ।'

नेता नेपालले माओवादीको अराजक गतिविधिकै कारण समाजमा आलोचित हुँदै गएको पनि बताए । ‘उनीहरूलाई कसैले सिध्याएको होइन। आफैं सकिँदै गएका हुन्,’ उनले भने,‘अघिल्लो चुनावसम्म माओवादीको हाउभाउ र रवैया कस्तो थियो ? तर अहिले खुम्चदै जानु परेको छ । राजनीतिमा धेरै घमण्ड गर्नेहरू र मेरो गोरूको बाह्रै टक्का गर्नेहरू लामो समय टिक्न सक्दैनन्। त्यसैले कसैले पनि घमण्ड गर्नुहुन्न।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन