2026-09-22 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीको डरले चुनावमा बुलेट प्रुफ ज्याकेट लगाएर हिँडेः माधव नेपाल

असार ४, काठमाडौं | नेकपा एमलेका नेता माधव कुमार नेपालले संविधानसभाको पहिलो निर्वाचनमा आफूले बुलेट प्रुफ ज्याकेट लगाएकर हिँडेको रहस्योघाटन गरेका छन् । 

गोठाटारमा शनिबार आयोजित कार्यक्रममा नेपालले यो रहस्योघाटन गरेका हुन्। ‘द्वन्द्वकालमा मलाई पूर्वआईजीपी अच्यूतकृष्ण खरेलले एउटा बुलेट प्रुफ ज्याकेट दिनुभएको थियो,’ नेपालले भने, ‘माओवादीले कतिखेर कसलाई के गर्छन्, के भन्न सकिन्छ भन्ने स्थिति भएकाले मैले भित्रपट्टी त्यो ज्याकेट लगाएर हिड्न थालेँ। २०६४ को चुनावमा आफ्नो निर्वाचन क्षेत्र डुल्दासमेत मैले त्यो ज्याकेट लगाएको थिएँ।’

नेता नेपालले माओवादीको अराजक गतिविधिकै कारण समाजमा आलोचित हुँदै गएको पनि बताए । ‘उनीहरूलाई कसैले सिध्याएको होइन। आफैं सकिँदै गएका हुन्,’ उनले भने,‘अघिल्लो चुनावसम्म माओवादीको हाउभाउ र रवैया कस्तो थियो ? तर अहिले खुम्चदै जानु परेको छ । राजनीतिमा धेरै घमण्ड गर्नेहरू र मेरो गोरूको बाह्रै टक्का गर्नेहरू लामो समय टिक्न सक्दैनन्। त्यसैले कसैले पनि घमण्ड गर्नुहुन्न।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित