पढ्न करिब 2 मिनेट लाग्छ

टेक शाही/आसाढ ४, डोल्पा । डोल्पा जिल्लाको ठुली भेरि नगरपालिकाको वडा न ३ मा रहेको दुनै बजार आइतबार बिहान सरसफाइ गरिएको छ ।

बिहान ८ बजे कालिका मन्दीरबाट सूरु गरि तिप्ला पानि सम्मो बजार क्षेत्रमा सरसफाइ गरेको छ । ठुली भेरिनगरपालिकाका कार्यकारि अधिकृत,नगरपालिकाका वडा सचिवहरु,कर्मचारिहरु, वडाका अध्यक्ष र स्थानियहरुको उपस्थितिमा नगररपालिकाको दुनै बजार सरसफाइ गरिएको ठुली भेरि नगरपालिकाले जानकारि दिएको छ ।

गएको १४ महिना पहिले खुल्ला दिशामूक्त गाविस घोषणा भएको साविकको दुनै गाविसमा सरसफाइका बिभन्न कृयाकलापहरु गरिदै आएको छ । बिभिन्न समयमा बिभिन्न क्रियाकालाप तथा सरसफाइका कार्यक्रम गरे पनि बालुवामा पानि आलैकै जस्तो भएको छ । दुनै बजारको छेउमा नै भेरी नदि बग्ने गरेको छ तर दैनिक जम्मा हुने फोहोर र सौचालयका ढलहरुले अहिले पनि भेरि नदिले सवच्छताको साहस लिन पाएको छैन ।

२० बर्षको लामो अन्तरला पछि स्थानिय तहको निर्वाचन भएको र निर्वाचनले जनपतिििनधि छनौट गरि सकेकोले अब जन प्रतिनिधिको हैसियतले सुन्दर सफा दुनै बजार अर्थात सुन्दर वडा नँ ३ बनाउने आफनो पहिलो लक्ष्या तथा कार्यक्रम रहेकोले आफैले दुनै जारको सरसफाइको अभियान थालनि गरेको नवनिर्वाचित अध्यक्ष अर्ण बहादुर न्यौपानेले बताउनु भयो । अब हरेक हप्ताको एक दिन दुनै बजारको सरसफाइ गरिने र स्थानियलाइ जागरुक बनाउदै स्वच्छ सफा र हरभरा दुनै बनाउने पनि अध्यक्ष न्यौपानेले बताउनु भयो ।

गएको एक साता पहिले सरसफँइ सप्ताहमा नेपाली सेना र नपाल प्रशरिले दुनै बजार तथा भेरि नदिको सरसफाइ गरेका थिए । सरसफाइ गरेको एक साता नँबित्दै आइतबार नगपालिका र वडाले सरसफाइ गरेको छ । यसरि साप्ताहिक रुपमा सरसफाइ गर्नु सकारात्मक भएको र अब स्थानियलाइ पनि जागरुक गराउदै जानु पर्ने र भेरिमा मिसाइएका ढलहरु बन्द गराउनु पर्ने भन्दै सरसफाइमा लाग्न प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले अनुरोध गर्नु भयो ।

दुनैको भेरि नदिमा फोहोराको ढगँुर जस्तै अबस्थाामा देखिने भएकोले बिभिन्न समयमा बिभिन्न निकायले सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन । गएको ८ महिना अगाडि नागरिक समाज डोल्पाले दुनै बजारको बिभिन्न स्थानमा निगालोको डोको राखेर फोहोर सँकलन गरि ब्यवस्थापन गर्न सहज मिलोस भनि डोको अभियान सूरु गरेको थियो तर त्यो अभियान पनि सफल भएन । अन्ततः सरसफाइमा स्थानियलाइ नै जागूरु गारउनु पर्ने सरोकारवालाहरुको ठम्मयाइ रहेको छ ।