असार ४, काठमाडौँ | च्याम्पियन्स ट्रफी फाइनल खेलमा पाकिस्तानले भारतलाई १८० रनले पराजित गरेको छ | 

पाकिस्तानले दिएको ३३९ रनको लक्ष्य पछ्याउने क्रममा भार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ४, काठमाडौँ | च्याम्पियन्स ट्रफी फाइनल खेलमा पाकिस्तानले भारतलाई १८० रनले पराजित गरेको छ | 

पाकिस्तानले दिएको ३३९ रनको लक्ष्य पछ्याउने क्रममा भार"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

च्याम्पियन्स ट्रफी फाइनल: पाकिस्तानद्वारा भारत १८० रनले पराजित

२०७४, ४ असार आईतवार १५:५९

असार ४, काठमाडौँ | च्याम्पियन्स ट्रफी फाइनल खेलमा पाकिस्तानले भारतलाई १८० रनले पराजित गरेको छ | यस संगै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी जितेको छ ।

फाइनल खेलमा पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले ५० ओभरको खेल खेल्दै ४ विकेटको क्षेतीमा ३३८ रन बनाएको थियो, जवाफि ब्याटिङ्ग गरेको भारतले ३०.३० ओभरमै १५८ रनमै समेटिन पुग्यो । 

पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ११४, अजहर अलीले ५९ र मो. हफीजले ५७* रन बनाएका थिए । पाकिस्तानको विकेट गिराउने क्रममा भारतले पाकिस्तानको पहिलो विकेट २२.६ ओवरमा लियो, खेलमा अजहर अली ५९ रन लिने क्रममा रन आउट बने । त्यस्तै पाकिस्तानको दोश्रो विकेट ३३.१ ओवरमा हार्दिक पाण्डेले जमान ११४ रनमा आउट गरे । उनको क्याच भारतका रविन्द्र जडेजाले लिएका थिए । त्यस्तै भारतको तेश्रो विकेट शोएब मलिक (१२) को रूपमा गिर्यो । ३९.४ ओवरको खेलमा भुवनेश्वरको बलमा उनलाई केदार जाधवले क्याच आउट गरिदिए । यतिखेरसम्म पाकिस्तानको स्कोर २४७ बनेको थियो । त्यस्तै पाकिस्तानको चौथो विकेट बाबर आजमको रह्यो । ४२.३ ओवरमा केदार जाधवको बलमा युवराज सिंहले उनलाई क्याच आउट गरे । बाबरले ५२ बलमा ४६ रन बनाएर आउट भएका थिए ।

यसरी पाकिस्तानले दिएको ३३९ रनको लक्ष्य पछ्याउने क्रममा भारतले सुरुवाती खेलमा निकै खराब खेल खेल्यो । खेलको सुरुवाती ओभरमै रोहित शर्मा (0) रन आउट भए । उनलाई मो. आमिरले १ बोल्ड गरिदिए । जतिबेला भारतले खाता समेत खोल्न पाएको थिएन । 

जब २.४ ओभरले खेल हुँदै थियो तब भारतले फेरि दोश्रो झड्का पायो । निकै प्रभावशाली खेलाडी विराट कोहली ५ रनमै क्याच आउट भए । बिराट आउट हुँदा भारतको स्कोर जम्मा ६ रन बनेको थियो । 

भारतको लागि तेश्रो झड्कामा शिखर धवन परे । २१ रन जोडेका धवन खेलको ९ ओभरको खेलमा क्याचआउट बने । धवन आउट हुँदा भारतको खातामा ३३ रन जोडिएको थियो । 

भारतको चौथो र पाँचौ झड्का ४ बलको अन्तरमा भयो । जसमा युवराज र धोनी आउट भए । चौथो विकेटमा युवराज सिंहले २२ रन बनाएका थिए भने एमएस धोनी जम्मा ४ रन बनाएर आउट भए । पाकिस्तानी खेलाडी हसन अलीको बलमा इमाद वसीमले उनलाई क्याच आउट गरेका थिए । त्यतिखेर सम्म भारतीय टिमको स्कोर ५४ रन थियो ।

त्यस्तै भारतको छैतौं विकेट अन्तर्गत केदार जाधवले ९ रनमा आउट भए । उनि १७ औं ओभरको खेलमा शादाब खानको बलमा क्याचआउट बने ।

त्यस्तै भारतले सातौँ विकेटको रुपमा हार्दिक पाण्डेलाई आउट गर्यो । निकै राम्रो स्कोर जोडेका पाण्डेले भारतको सर्वाधिक ७६ रन जोडेका थिए । लगत्तै २६.३ ओभरमा रवीन्द्र जडेजा १५ रन बनाएर पवेलियन फर्किए । २७.३ ओवरमा जुनैद खानको बलमा बाबर आजमले उनलाई क्याच आउट गरे ।

त्यस्तै भारतको नवौं विकेट आर. अश्विनले १ रन बनाएर आउट भए । २८.१ ओवरमा हसन अलीको बलमा सरफराजले उनलाई क्याच आउट गरे । यतिखेरसम्म भारतको सकोर १५६ रन थियो । अब खेलको अन्तिममा आएका जस्प्रित बुम्राहले १ रन मात्र जोडेर आउट भए । 

खेलमा भुव्नेश्वर कुमार नट आउट रहे, उनले १ रन मात्र जोडेका थिए पाकिस्तानले जस्प्रित बुम्राहलाई आउट गर्दै भारतलाई अलआउट बनाइदियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ