असार ५, बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ५, बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजा"/>

२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक दर्जन सहकारीलाई रु ३१ लाख ८९ हजार ९५७ अनुदान

२०७४, ५ असार सोमबार ०९:५२


असार ५, बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजार ९५७ पाउने भएका छन् । 

सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर रु एक अनुदान दिने भएपछि जिल्लाबाट १२ वटा सहकारी संस्थाले सो रकम पाउने भएका हुन् । 

गोठ, भकारो सुधारमा गरेको सरकारको लगानी उपलब्धिमूलक नभएकाले यस्तो नीति ल्याइएकोे जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा नारायणबहादुर श्रेष्ठले बताउनुभयो । 

गत साउनअघिदेखि एक वर्षको दूध उत्पादनको अवस्था हेरेर सहकारीमार्फत कृषकलाई अनुदान दिइने उल्लेख गर्दै डा श्रेष्ठले यसलाई परीक्षणकालका रुपमा हेरिएको बताउनुभयो । ती सहकारीले कम्तीमा ५० लिटर दूध सङ्कलन गर्नेछन् । 

अनुदान वितरणका लागि मूल्याङ्कन समितिबाट छनोट भएका सहकारीमा बनेपास्थित रविओपीको देउराली दूध उत्पादक सहकारी संस्था लि रु २० लाख नौ हजार ८९४, पाँचखालको अनेकोटस्थित अनेकोट दुग्ध उत्पादक सहकारी संस्थाले रु चार लाख १० हजार ४०८, मण्डनदेउपुर नगरपालिकास्थित महादेवस्थानको रानीटार दुग्ध उत्पादक सहकारी संस्थाले रु छ लाख २३ हजार ७१२, पाँचखाल नगरपालिकाको सिखरपुर श्रीराम पाटी दुग्ध उत्पादक सहकारी संस्थाले रु दुई लाख १६ हजार, देउपुरको ब्रह्मायणी दुग्ध उत्पादक सहकारी संस्थाले रु एक लाख ८३ हजार ६०० वार्षिक अनुदान पाउने छन् । 

त्यस्तै धुलिखेलस्थित कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु दुई लाख ९० हजार ५६७, ज्याम्दीको ठुल्दीबेँसी दुग्ध उत्पादक सहकारी संस्थाले रु तीन लाख ५४ हजार ८९०, मण्डन देउपुरको इन्द्रावती बहुउद्देश्यीय सहकारी संस्थाले रु दुई लाख ७० हजार, सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु १२ लाख ३४ हजार ९८९, मङ्लटारस्थित तिमाल महाभार बहुउद्देश्यीय सहकारी संस्थाले रु नौ लाख ७८ हजार ४७५, उमादेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु छ लाख ४० हजार ८०० र देवीपञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थाले रु दुई लाख ४७ हजार ८१२ पाउने छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न