असार ५, बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ५, बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजा"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक दर्जन सहकारीलाई रु ३१ लाख ८९ हजार ९५७ अनुदान

५ असार २०७४, सोमबार ०९:५२


असार ५, बनेपा । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजार ९५७ पाउने भएका छन् । 

सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर रु एक अनुदान दिने भएपछि जिल्लाबाट १२ वटा सहकारी संस्थाले सो रकम पाउने भएका हुन् । 

गोठ, भकारो सुधारमा गरेको सरकारको लगानी उपलब्धिमूलक नभएकाले यस्तो नीति ल्याइएकोे जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा नारायणबहादुर श्रेष्ठले बताउनुभयो । 

गत साउनअघिदेखि एक वर्षको दूध उत्पादनको अवस्था हेरेर सहकारीमार्फत कृषकलाई अनुदान दिइने उल्लेख गर्दै डा श्रेष्ठले यसलाई परीक्षणकालका रुपमा हेरिएको बताउनुभयो । ती सहकारीले कम्तीमा ५० लिटर दूध सङ्कलन गर्नेछन् । 

अनुदान वितरणका लागि मूल्याङ्कन समितिबाट छनोट भएका सहकारीमा बनेपास्थित रविओपीको देउराली दूध उत्पादक सहकारी संस्था लि रु २० लाख नौ हजार ८९४, पाँचखालको अनेकोटस्थित अनेकोट दुग्ध उत्पादक सहकारी संस्थाले रु चार लाख १० हजार ४०८, मण्डनदेउपुर नगरपालिकास्थित महादेवस्थानको रानीटार दुग्ध उत्पादक सहकारी संस्थाले रु छ लाख २३ हजार ७१२, पाँचखाल नगरपालिकाको सिखरपुर श्रीराम पाटी दुग्ध उत्पादक सहकारी संस्थाले रु दुई लाख १६ हजार, देउपुरको ब्रह्मायणी दुग्ध उत्पादक सहकारी संस्थाले रु एक लाख ८३ हजार ६०० वार्षिक अनुदान पाउने छन् । 

त्यस्तै धुलिखेलस्थित कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु दुई लाख ९० हजार ५६७, ज्याम्दीको ठुल्दीबेँसी दुग्ध उत्पादक सहकारी संस्थाले रु तीन लाख ५४ हजार ८९०, मण्डन देउपुरको इन्द्रावती बहुउद्देश्यीय सहकारी संस्थाले रु दुई लाख ७० हजार, सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु १२ लाख ३४ हजार ९८९, मङ्लटारस्थित तिमाल महाभार बहुउद्देश्यीय सहकारी संस्थाले रु नौ लाख ७८ हजार ४७५, उमादेवी दुग्ध उत्पादक सहकारी संस्थाले रु छ लाख ४० हजार ८०० र देवीपञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थाले रु दुई लाख ४७ हजार ८१२ पाउने छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट