2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

ठेकदारको लार्पबाहिले पुल निर्माण कार्य सुरु भएन

सम्राट सिंह, मंसिर २४, बझाङ / पेश्की लिएको ७ महिना बितिसक्दा समेत सदरमुकाम चैनपुरको पानकोटमा निर्माण हुन थालेको पक्की पुल ठेकदारको लार्पबार्हिले निर्माण कार्य सुरु हुन सकेको छैन । पुल निर्माणको जिम्मा पाएका निलगिरी जागृती जेवीका प्रतिनिधि दिपक रोकायाको लार्पबाहिले निर्माण कार्य अगाडि नबढेको हो । जिल्ला विकास समिति मार्फत सेती नदीमा निर्माण हुन थालेको ७० मिटर लम्बाइ रहेको उक्त पक्की पुलको कुल लागत ६ करोड ७८ लाख रहेको छ ।

ठेकदारले पेश्की लिएर पुल निर्माण कार्य सुरु नगर्दा समेत जिल्ला विकास समितिको ध्यान जान नसकेको स्थानिय चन्द्र सिंहले बताए । जिल्ला विकास समितिले पुल निर्माण कार्य अघि बढाउन पहल नगरे जनता आन्दोलित हुने समेत उनको भनाइ छ ।

लामो समयसम्म पुल निर्माण कार्य सुरु नभएपछि जनतामा पुल नबन्ने हो कि भन्ने निरासा छाएको छ । २०७२ बैशाख १ गते सम्झौता भएको उक्त पुल २०७४ असारमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

जेठ महिनामा नै ६० लाख पेश्की लिएर ठेकदारले पुल निर्माण कार्य हालसम्म पनि सुरु नगरेको जिविसका सव इन्जीनियर हरिशंकर जोशीले बताए । उनले भने ठेकदारलाई ताकेता पत्र दिएका छौ तत्काल पुल निर्माण कार्य अघि नबढाए कार्यालयको नियम अनुसार कारबार्हि गरिने छ ।

जिल्लामा हुने हरेक निर्माणका कार्यहरु ठेकदारले ढिलासुस्ती गर्ने,कम रकममा निर्माण कार्य पेटी ठेकदारलाई काम दिने, न्यून गुणस्तर भएका संरचना निर्माण गर्दा पनि सरोकारवालाहरुको भने ध्यान जान सकेको छैन । पानकोटमा पक्की पुल निर्माण पश्चात छान्ना क्षेत्रका ६ वटा गाविस तथा जयपृथ्वी नगरपालिकाका बासिन्दाहरु लाभान्वित हुने देखिन्छ ।

यता पुल निर्माणको जिम्मा लिएका निलगिरी जागृती जेवीका प्रतिनिधि दिपक रोकायाले भारतले लगाएको अघोषित नाकाबन्दी का कारण तेल अभाव हुँदा पुल निर्माण कार्य रोकिएको बताए । उनले भने नाकाबन्दी खोलिए पछि तत्काल निर्माण कार्य अघि बढाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई