असार ६, काठमाडौं  । परियोजनाको रुपमा  लिखु जलविद्युत् आयोजना अगाडि बढ्ने भएको छ ।

नेपालको जलविद्युत् लगानीको इतिहासमा नेपाल र भारतका लगानीकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ६, काठमाडौं  । परियोजनाको रुपमा  लिखु जलविद्युत् आयोजना अगाडि बढ्ने भएको छ ।

नेपालको जलविद्युत् लगानीको इतिहासमा नेपाल र भारतका लगानीकर"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र भारतको संयुक्त लगानीमा पहिलो पटक लिखु जलविद्युत आयोजना बन्दै

६ असार २०७४, मंगलवार ०१:१०


असार ६, काठमाडौं  । परियोजनाको रुपमा  लिखु जलविद्युत् आयोजना अगाडि बढ्ने भएको छ ।

नेपालको जलविद्युत् लगानीको इतिहासमा नेपाल र भारतका लगानीकर्ताको संयुक्त लगानीको सो आयोजनाको क्षमता ५२.४ मेगावाट रहेको छ ।

आयोजनाको हालै सिभिल र हाइड्रोमेकानिकल निर्माणमा परेको बोलपत्र मूल्यांकन भइरहेको छ । निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भएपछि आयोजना निर्माण हुने आयोजना प्रमुख बद्री रिजालले बताउँछन् ।

आयोजनामा सिभिल निर्माणको काम आउँदो हिउँददेखि सुरु हुनेछ । आयोजनाको काम आगामी वि.सं. २०७७ को असोजमा सम्पन्न गर्ने प्रतिवद्धता प्रवद्र्धक ग्रिन भेन्चर्सले गरेको छ ।नेपालको त्रिवेणी समूह र भारतको भिल्वरा समूहले  ग्रिन भेन्चर्स प्रालिमार्फत आयोजना निर्माण गर्न लागेका हुन् । आयोजनामा भिल्बराको ८० र त्रिवेणीको २० प्रतिशत स्वामित्व छ ।

करिव रु ९ अर्ब अनुमानित लागत रहेको आयोजनामा लक्ष्मी बैंकको अगुवाइमा सहवित्तीयकरणअन्र्तगत ऋण लगानी सम्झौता हुने काम अन्तिम चरणमा पुगेको छ  । आयोजनामा ग्रिनभेन्चर्सले रु १ अर्ब ३० करोड लगानी गरिसकेको छ ।

आयोजनाको व्यवस्थापन नेपालको त्रिवेणी समूहले हेर्ने सहमति भएको छ । प्राधिकरण र ग्रीन भेन्चर्सबीच वर्षातको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ ।

ग्रिनभेन्चर्सले भारतमा बिजुली निकासीका लागि आयोजना १२० मेगावाटमा डिजाइन गरेकोमा बजार बिजुलीको मूल्य, प्रसारणलाइन पूर्वाधारलगायत अन्य विभिन्न कारणले अनिश्चित भएपछि उसले नेपालमै बेच्ने भन्दै क्षमता घटाएर ५२.४ मेगावाटमा पीपीए गरेको हो ।

आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोटमा पर्छ । जुन राजधानीबाट २२० किलोमिटर टाढा छ । -अर्थसरोकारबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या