असार ६, काठमाडौँ । साउदी अरब र संयुक्त अरव इमिरेट्स (युएई) का नागरिकको लगानीमा कतारमा सञ्चालित कम्तीमा ६ सयभन्दा बढी कम्पनीहरु जेखिममा परेका छन् ।

साउदी र युए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ६, काठमाडौँ । साउदी अरब र संयुक्त अरव इमिरेट्स (युएई) का नागरिकको लगानीमा कतारमा सञ्चालित कम्तीमा ६ सयभन्दा बढी कम्पनीहरु जेखिममा परेका छन् ।

साउदी र युए"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका साउदी र युएईका सयौं कम्पनीहरु जोखिममा

६ असार २०७४, मंगलवार ०१:५७

असार ६, काठमाडौँ । साउदी अरब र संयुक्त अरव इमिरेट्स (युएई) का नागरिकको लगानीमा कतारमा सञ्चालित कम्तीमा ६ सयभन्दा बढी कम्पनीहरु जेखिममा परेका छन् ।

साउदी र युएई सरकारले नै  ती कम्पनीहरु बन्द गर्न दबाब दिन थालेको कतारबाट प्रकाशित हुने अरबिक दैनिक अरैयाहले जनाएको छ । कतारमा साउदी नागरिकको मात्रै लगानीमा ३ सय ५ र कतारीसँगको साझेदारीमा ३ सय ३ कम्पनी सञ्चालित छन् । यी कम्पनीमा एक सय २३ बिलियन रियाल लगानी भएको मानिएको छ । 

साउदीको नेतृत्वमा छिमेकी देश बहराइन र संयुक्त अरब इमिरेट्स (युएई)ले कतारसँग जुन ५ मा कुटनीतिक सम्बन्ध बिच्छेद गरेपछि ती कम्पनी जोखिममा परेका हुन् । यी देशले आफ्ना नागरिकलाई १४ दिनभित्र कतार छोड्न निर्देशन दिएका थिए । कतारले भने कुनै पनि देशको नागरीकलाई नपठाउने र आफ्नो कामलाई निरन्तरता दिन अनुरोध गरेको छ । साउदीले आफ्ना नागरिकको लगानी रहेका कम्पनीलाई बन्द गर्न दबाब दिएपछि यी कम्पनीहरुको भविष्य संकटमा परेको छ ।

युएई कम्पनीलाई बैंकले समेत ऋण दिन बन्द समेत गरेको छ । युएईका नागरिकको लागनीमा कतारमा कति कम्पनी छन् भन्ने खुलाइएको छैन । ‘यी कम्पनीहरु बन्द गर्नुपर्ने अवस्थाको जोखिममा पुगेका छन्,’ एक ब्यापारीक बिशेषज्ञले भनेका छन्, ‘यो कतार सरकारको कारण होइन, उनीहरुको आफ्नै सरकारले लिएको नीतिको कारणबाट सिर्जित भएको हो ।’ साउदी र युएई नागरीकबाट सञ्चालित कम्पनीहरु वन्दै हुनुपर्ने अवस्था आए ठुलो सख्यामा रहेका नेपालीको रोजगार पनि धरापमा पर्न जानेछ । 

‘कम्पनी ब्यबस्थापन निकै तनावमा देखिन्छ,’ साउदी लगानीमा सञ्चालित एक कम्पनीका नेपाली म्यानेजर अरुण पुडासैनीले कान्तिपुरलाई भने, ‘यो कम्पनीमा ७ सय नेपाली मात्रै काम गर्छन् । मालिक रमजानमा साउदी गएपछि फर्केका छैनन् । यही हुन्छ भनेर अहिले नै भन्न सक्ने स्थिति छैन ।’

कतारी अर्थशास्त्री र अर्थ बिज्ञहरुले कतारको ब्यापारमा निर्भर साउदी र युएईका कम्पनीहरु घाटामा जान थालेको बताएका छन् । ‘जताको कम्पनी वन्द वा घाटामा परे पनि रोजगारी गुमाउने नेपालीले नै हो,’ कतारमा कार्यरत एक नेपाली ब्यबसायले भने, ‘यी देशवीचको कुटनीति संकटले हामीले रोजगारी गुमाउनु पर्ला भन्ने डर भयो ।’ 

युएई र साउदी लगानी कम्पनीले ती देशका सरकारी दवाव थेग्न नसकेर बन्दै गर्नुपरेमा ठुलो सख्याले रोजगारी गुमाउनुपर्ने उनको बुझाई छ । ‘अरुलाई कम्पनी वेचे त ठिकै हो । हामीलाई असर पर्दैन । वन्दै गर्छन् कि भन्ने चिन्ता छ,’ पुडासैनीले वताए । -कान्तिपुर दैनिक

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या