पर्वत ।पर्वतमा पछिल्लो समयमा सवारी साधनको चेकजाँचलाई निकै कडा पारिएको छ । ट्राफिक नियम उल्लघन गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन थालेपछि राजश्व पनि निकै बढि संकलन  हुन थालेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत ।पर्वतमा पछिल्लो समयमा सवारी साधनको चेकजाँचलाई निकै कडा पारिएको छ । ट्राफिक नियम उल्लघन गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन थालेपछि राजश्व पनि निकै बढि संकलन  हुन थालेको छ ।

2026-09-19 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ट्राफिक लापरवाही बढ्यो, जेठमा मात्रै ७७५ सवारी कारवाहीमा


पर्वत ।पर्वतमा पछिल्लो समयमा सवारी साधनको चेकजाँचलाई निकै कडा पारिएको छ । ट्राफिक नियम उल्लघन गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन थालेपछि राजश्व पनि निकै बढि संकलन  हुन थालेको छ ।

जेठ महिनामा मात्रै ७७५      सवारी साधनहरु कारवाहीमा परेका छन् भने  झण्डै साढे ४ लाख राजश्व संकलन भएको छ ।  

कारवाहीमा पर्नेहरुमो सबैभन्दा धेरै कार तथा जिप रहेका छन् । जेठ महिनामा मात्रै २ सय ३१ कार जिप कारबाहिमा परेका छन् भने जसबाट  १ लाख २८ हजार राजश्व संकलन भएको छ । 

त्यस्तै १ सय ७३ मोटर साईकल कारवाहिबाट १ लाख ४ हजार , १ सय ५८ बसको कारवाहिबाट ८७ हजार,  ९४ ट्रेक्टरको कारवाहिबाट ५२ हजार र १ सय १९ ट्रक को कारवाहिबाट ६८ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक कार्यालय पर्वतले जनाएको छ । 

जिल्लामा ट्राफिक सचेतना तथा चेकजाँचलाई तिब्र     पारिएता पनि जिल्लामा अबैध रुपमा लागूऔषध ओसारपोसारको विगविग भने ह्वात्तै बढेको छ । पछिल्लो समयमा पर्वत जिल्ला लागुऔषध ओसारपोसारको माध्यम बनेको छ ।

जिल्लामा अबैध रुपमा संचालन भएका औषधी पसहरुले गर्दा पनि लागूऔषधको कारोबार जिल्लामा निकै बढेको बताइन्छ । पर्वतमा अबैध औषाधलयबाटनै लागूऔषधको कारोबार हुने गरेको बताइन्छ ।

  ट्राफिक अनुगमन जिल्लामा बढेता पनि सरकारी कार्यालयको चेकजाँच भने हुने      गरेको छैन । अधिकांश वडा सचिवहरुले लाइसेन्स विनानै मोटरसाइकल चलाउने गरेको भएता पनि         प्रहरीले भने अझसम्म कुनै पनि सरकारी प्लेटको      सवारीको चेकजाँच नगरेका      कारण उन्मुक्ति पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो