नन्दराम जैशी/असार ६, जुम्ला । महिनावारीको समयामा प्याड प्रयोग गर्ने बानिको विकास गर्न जुम्लाका किशोरीहरुलाइ सेनेटरी प्याड बितरण गरीएको छ । 

महिनावारीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/असार ६, जुम्ला । महिनावारीको समयामा प्याड प्रयोग गर्ने बानिको विकास गर्न जुम्लाका किशोरीहरुलाइ सेनेटरी प्याड बितरण गरीएको छ । 

महिनावारीको"/>

2026-10-15 01:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बानि बसाल्न जुम्लाका किशोरीहरुलाइ सेनेटरी प्याड वितरण

नन्दराम जैशी/असार ६, जुम्ला । महिनावारीको समयामा प्याड प्रयोग गर्ने बानिको विकास गर्न जुम्लाका किशोरीहरुलाइ सेनेटरी प्याड बितरण गरीएको छ । 

महिनावारीको समयमा प्याड प्रयोग गर्ने तरीकाबारे राम्रोसँग जानकारी नपाएका किशोरीहरुलाइ सोहि बिषयमा जानकारी होस् र प्याड प्रयोग गर्ने बानिको विकास होस् भन्ने उदेश्यले जुम्लाका किशोरीहरुलाइ सेनेटरी प्याड बितरण गरीएको हो ।

सोमबार एक औपचारीक कार्यक्रमका बिच चन्दननाथ नगरपालिकाको एक लाख रकम सहयोग तथा नगर बाल संजालको समन्वयमा चन्दननाथ उच्च मावि खलंगाबजार जुम्लाका दुई सय सैतिस जना छात्रलाइ एक÷एक प्याक सेनेटरी प्याड उपलब्ध गराइएको छ । प्याड पाएपछि किशोरीहरुले खुसि हुदै महिनावारीको समयमा नियमित शाररीक सरसफाइ गर्नुका साथै आगामि दिनमा अनिवार्य प्याड प्रयोग गर्ने बताएका छन् । 

प्याड बितरणका अवसरमा बोल्दै विद्यालयका सहायक प्रधानाध्यापक शिक्षिका बविता शाहिले किशोरीहरुलाई विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि आगामि दिनहरुमा उनिहरुको प्याड प्रयोग गर्ने बानिको विकास हुने र महिनावारीको समयमा छात्राहरुले विद्यालय छाड्ने क्रम रोकिने दावि गर्नुभयो ।    

उहाले भन्नुभयो, सेनेटरी प्याड प्रयोग गर्न थालेपछि महिनावारी भएको ससमयमा पनि विद्यालयमा छात्राहरुको उपस्थिती राम्रो रहने छ । पहिले सरसफाई सामाग्री, प्याड प्रयोग तथा प्याड फेर्ने तरीकाको बिषयमा किशोरीहरुमा राम्रो जानकारी नभएका कारण उनिहरुमा विद्यालय छोड्नु पर्ने वाध्यता थियो । अब त्यो समस्या टरेर जाने उहाको भनाइ ।

निमित्त महिला विकास अधिकृत बिन्दु कँवरले भन्नुभयो, जुम्लाका किशोरीहरुमा महिनावारी भएपछि लजाउने, विद्यालय नजाने, टोलाउने जस्ता समस्या छन् । त्यो गर्नु खासै राम्रो होइन । महिनावारीको समयमा उनिहरुको भावना बुझि घरका अन्य परिवारले पनि साथ दिनुपर्दछ । महिनावारी भएपछि पुन प्रयोग गर्न मिल्ने प्याड प्रयोग गरेमा त्यसलाइ राम्रोसँग सफा गरी घाममा सुकाएर मात्र प्रयोग गर्न कँवरले किशोरीहरुलाइ सुझाब दिनुभयो ।

महिला सेवा केन्द्रकि अध्यक्ष भगवति श्रेष्ठले किशोरीहरुले सँधै बजारका सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने भन्दै घरमै भएका सफा कपडालाइ प्याड बनाएर प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाले भन्नुभयो, प्याड प्रयोग नगर्दा ब्लड बगेर शरीरका अन्य भागमा तथा कपडामा लाग्न सक्छ, त्यसबाट जिवाणुहरुले संक्रमण गर्दा पछि पाठेघरमा समेत असर पर्छ । त्यसैले किशोरीहरु एक स्वस्थ आमा बन्नका लागि अहिलेदेखि शाररीक स्वाथ्यमा ध्यान दिन जरुरी रहेको श्रेष्ठको भनाइ छ ।  

नगर बाल संजालका अध्यक्ष इश्वर खत्रिले नगरपालिका भित्रका नौ वटा माध्यामिक विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड बितरण गर्ने कार्यक्रम रहेको जानकारी दिदै महिनावारी भएपछि किशोरीलाई हुने समस्याबारे अभिभावकहरुले पनि बुझनु पर्ने बताउनुभयो ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित