नन्दराम जैशी/असार ६, जुम्ला । महिनावारीको समयामा प्याड प्रयोग गर्ने बानिको विकास गर्न जुम्लाका किशोरीहरुलाइ सेनेटरी प्याड बितरण गरीएको छ । 

महिनावारीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/असार ६, जुम्ला । महिनावारीको समयामा प्याड प्रयोग गर्ने बानिको विकास गर्न जुम्लाका किशोरीहरुलाइ सेनेटरी प्याड बितरण गरीएको छ । 

महिनावारीको"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

बानि बसाल्न जुम्लाका किशोरीहरुलाइ सेनेटरी प्याड वितरण

६ असार २०७४, मंगलवार ०५:११


नन्दराम जैशी/असार ६, जुम्ला । महिनावारीको समयामा प्याड प्रयोग गर्ने बानिको विकास गर्न जुम्लाका किशोरीहरुलाइ सेनेटरी प्याड बितरण गरीएको छ । 

महिनावारीको समयमा प्याड प्रयोग गर्ने तरीकाबारे राम्रोसँग जानकारी नपाएका किशोरीहरुलाइ सोहि बिषयमा जानकारी होस् र प्याड प्रयोग गर्ने बानिको विकास होस् भन्ने उदेश्यले जुम्लाका किशोरीहरुलाइ सेनेटरी प्याड बितरण गरीएको हो ।

सोमबार एक औपचारीक कार्यक्रमका बिच चन्दननाथ नगरपालिकाको एक लाख रकम सहयोग तथा नगर बाल संजालको समन्वयमा चन्दननाथ उच्च मावि खलंगाबजार जुम्लाका दुई सय सैतिस जना छात्रलाइ एक÷एक प्याक सेनेटरी प्याड उपलब्ध गराइएको छ । प्याड पाएपछि किशोरीहरुले खुसि हुदै महिनावारीको समयमा नियमित शाररीक सरसफाइ गर्नुका साथै आगामि दिनमा अनिवार्य प्याड प्रयोग गर्ने बताएका छन् । 


प्याड बितरणका अवसरमा बोल्दै विद्यालयका सहायक प्रधानाध्यापक शिक्षिका बविता शाहिले किशोरीहरुलाई विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि आगामि दिनहरुमा उनिहरुको प्याड प्रयोग गर्ने बानिको विकास हुने र महिनावारीको समयमा छात्राहरुले विद्यालय छाड्ने क्रम रोकिने दावि गर्नुभयो ।    

उहाले भन्नुभयो, सेनेटरी प्याड प्रयोग गर्न थालेपछि महिनावारी भएको ससमयमा पनि विद्यालयमा छात्राहरुको उपस्थिती राम्रो रहने छ । पहिले सरसफाई सामाग्री, प्याड प्रयोग तथा प्याड फेर्ने तरीकाको बिषयमा किशोरीहरुमा राम्रो जानकारी नभएका कारण उनिहरुमा विद्यालय छोड्नु पर्ने वाध्यता थियो । अब त्यो समस्या टरेर जाने उहाको भनाइ ।

निमित्त महिला विकास अधिकृत बिन्दु कँवरले भन्नुभयो, जुम्लाका किशोरीहरुमा महिनावारी भएपछि लजाउने, विद्यालय नजाने, टोलाउने जस्ता समस्या छन् । त्यो गर्नु खासै राम्रो होइन । महिनावारीको समयमा उनिहरुको भावना बुझि घरका अन्य परिवारले पनि साथ दिनुपर्दछ । महिनावारी भएपछि पुन प्रयोग गर्न मिल्ने प्याड प्रयोग गरेमा त्यसलाइ राम्रोसँग सफा गरी घाममा सुकाएर मात्र प्रयोग गर्न कँवरले किशोरीहरुलाइ सुझाब दिनुभयो ।


महिला सेवा केन्द्रकि अध्यक्ष भगवति श्रेष्ठले किशोरीहरुले सँधै बजारका सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने भन्दै घरमै भएका सफा कपडालाइ प्याड बनाएर प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाले भन्नुभयो, प्याड प्रयोग नगर्दा ब्लड बगेर शरीरका अन्य भागमा तथा कपडामा लाग्न सक्छ, त्यसबाट जिवाणुहरुले संक्रमण गर्दा पछि पाठेघरमा समेत असर पर्छ । त्यसैले किशोरीहरु एक स्वस्थ आमा बन्नका लागि अहिलेदेखि शाररीक स्वाथ्यमा ध्यान दिन जरुरी रहेको श्रेष्ठको भनाइ छ ।  

नगर बाल संजालका अध्यक्ष इश्वर खत्रिले नगरपालिका भित्रका नौ वटा माध्यामिक विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड बितरण गर्ने कार्यक्रम रहेको जानकारी दिदै महिनावारी भएपछि किशोरीलाई हुने समस्याबारे अभिभावकहरुले पनि बुझनु पर्ने बताउनुभयो ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो