२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खुल्ला दिशामुक्तको बाधक बने विद्यालय, नगरपालीका र स्थानीय बजारहरु

२८ मंसिर २०७२, सोमबार ०६:२७

डिवि विष्ट, मंसिर २८, बझाङ/ केही दीनमा नै बझाङ जिल्ला खुल्ला दीशा मुक्त क्षेत्र घोषणाको तयारी भएको भए पनी जिल्लामा रहेका अधिकांश विद्यालयहरु,जिल्लामा रहेको एक मात्र जयपृथ्वी नगरपालीका र स्थानीय बजारहरु खुल्ला दीशा मुक्त क्षेत्रको बाधक बनेका छन् । शनीबार र आईतबार क्षेत्रीय कार्यलय दिपायल बाट आएको टोलीले अनुगमन गरी डि. वा. सि. सि.को बैठेकमा यस्तो बताएको हो ।

जिल्लामा रहेका ग्रामीण बस्तीहरुमा सबैले चर्पी निर्माण गरी प्रयोगमा ल्याईएको पाईए पनी जिल्लामा रहेका स्थानीय बजारहरु धमेना बजार, देउरा बजार तमैल बजार,लगायतका स्थानीय बजारहरुका स्थानीय ब्यापारीहरुले खुल्ला दीशा गर्ने गरेको पाईएको अनुगमनमा खटिनु भएका खानेपानी तथा सरसफाई महासंघका केन्दीय सचिब यज्ञराज जोशीले उक्त बैठेकमा सो कुराको जानकारी दीनु भयो ।

त्यस्तै जाशीले जानकारी दीए अनुसार जिल्लामा रहेका चौधरी स्कुल र बगडगाँउको स्कुल लगाएतका सरकारी विद्यालयहरु पनी खुल्ला दीशा मुक्त क्षेत्र घोषणाका बाधक बनेको बताउनु भएको छ । यता सदरमुकाम चैनपुरमा रहेको जिल्लाको एक मात्र जयपृथ्वी नगरपालीका पनी खुल्ला दिशा मुक्त क्षेत्र घोषणको बाधक बनृेको अनुगमन टोलीले जनाएको छ ।

नगरपालीका कार्यकारी अधिकृत शन्त बहादुर सुनारले भने नगरपालीकामा सबै स्थानीय ब्याक्तीहरुले चर्पी निर्माण गरी सकेको त्यस्तो समस्या नहुने र नगरपालीका को बाउली खोलाको कीनार र सेती नदीको कीनारका केही रुपामा दीशा देखीने गरेको त्यसलाई रोक्नको लागी विहान बेलुका र दिउँसो गस्तो टोली बनाईएको अबको २।३ दिनमा नै नगरपालीका बाधक नबन्ने दाबी गर्नु भएको छ ।

त्यस्तै जिल्ला शिक्षा अधिकारी सुर्य बहादुर सिहँले भने जिल्लामा रहेका सम्पुर्ण सरकारी विद्यालयहरुमा चर्पी बनी सकेका कारणले चर्पी प्रयोग गर्न आफुले जिल्लामा रहेका सम्पुर्ण सरकारी तथा निजी विद्यालयहरुलाई फोहोर नगर्न र खुल्ला दीशा नगर्नका साथै प्रयोग विहीन चर्पीहरुलाई प्रयोगमा ल्याउन निर्देशन दीई सकेको दाबी गर्नु भयो छ ।

यता जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख ले भने पौष महीनाको १६ गते नै बझाग जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने र जिल्लाका स्थानीय बजारहरुका साथै विद्यालयहरुमा चर्पी बनी सकेका कारणले त्यसको ब्यावस्थापनको लागी सम्बन्धित निकायलाई जिम्मा र जानकारी दीई सकेको त्यस्तो अफ्ट्यारो नपर्ने खाली ब्यावस्थापन मात्र बाँकी रहेको र अबको ३ दीन भित्र ब्यावस्थापन गरी सक्ने दाबी गर्नु भएको छ ।

जिल्लामा रहेका राजनैतिक दलहरुले पनी बझाग जिल्लाका ग्रामीण बस्तीहरुमा चर्पी निर्माण भै सकेका कारणले जिल्लालाई पौष महीना भित्र नै खुल्ला दीशा मुक्त क्षेत्र घोषणा गर्नु पर्ने बताउदै आएका छन् । यसरी जिल्लाका सबै ग्रामीण बस्तीहरुका चर्पी बनी प्रयोमा आई रकेको कारणले जिल्ला अबको कही दीनमा नै खुल्ला दीशामुक्त क्षेत्र घोषण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा