Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बागझोराको बाढीपहिरोले यातायात अवरुद्ध

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार ७, हेटौँडा । </b>त्रिभुवन राजपथको बागझोरामा आज बिहान परेको पानीले बाढी तथा पहिरो आउँदा बिहानैदेखि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ तर्फको यातायात सेवा अवरुद्ध भएको छ ।&nbsp;<br></p><p>यसैगरी, बाढीपहिरोले गर्र्दा हेटौँडाबाट दामन तथा पालुङ तर्फको यातायात सेवा पनि अवरुद्ध भएको छ । बागझोरामा आएको पहिरो हटाउन हेटौँडाबाट डोजर त्यसतर्फ पठाइसकेको र मौसम सुधार भएमा दुई घन्टाभित्र यातायात चालु गर्ने तयारी गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिनुभएको छ ।&nbsp;</p><p>उक्त राजमार्ग अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँतर्फ जाने सुमो जिप, माइक्रोबस, ट्रक र मोटरसाइकल बागझोरामा लामबद्ध भई रोकिनु परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस&nbsp;</p>