२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मरेको चरा खाँदा दाजु भाईको मृत्यु

४ पुष २०७२, शनिबार ११:३७

सम्राट सिंह/ पुस ४, बझाङ । जंगलमा मरेको चरा घरमा ल्याएर खाँदा शनिबार मौलाली गाविस ४ रकैल घर भएका एकै परिवारका दुई दाजु भाईको मृत्यु भएको छ । मृत्यु हुनेमा रामलाल पार्कीका १० बर्षिय छोरा मकर पार्की र ५ बर्षिय छोरा सरण पार्की रहेका छन् ।

घर भन्दा करिब १ घण्टा टाढा रहेको जंगलमा विहान गाई गोरु लिएर गएका दाजुभाईले जंगलमा मरेको चरा फेला पारेर घर ल्याएपछि उनिहरुले पोलेर खाएको स्थानिय प्रयागराज धामीले बताए । चराको मासु खाएको केहि समयपछि दुवैदाजु भाई बेहोस भएर मृत्यु भएको उनको भनाइ छ ।

मृतक बालकहरु लाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईने भएको छ । झोता वाट झण्डै चार घण्टा पैदल हिड्नुपर्ने घटना स्थलमा भैरवनाथ प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक देवसिंह ठकुन्नाको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चराको मासु खाएर दुई बालकको मृत्यु भएको जानकारी आएपछि दिउसो नै प्रहरीको थपटोली जिल्ला वाट पनि घटना स्थलमा खटाएको प्रहरी निरिक्षक देवेन्द्र मल्लले बताए । उनले भने चराको मासु खाएका अन्य बालक पनि बिरामी भएको जानकारी आएको छ । कुन चरा हो कस्तो अवस्थामा फेलापरेको थियो घटना कसरी भयो यसबारे थप अनुसन्धान भई रहेको पनि मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य