शरच्चन्द्र भण्डारी | असार ७, काठमाडौं । यस वर्षको दशैंअघि नै मेलम्चीको पानी राजधानीवासीलार्इ पिलाउने सरकारी योजना सम्पन्न हुन कठिन देखिएको छ ।

आय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शरच्चन्द्र भण्डारी | असार ७, काठमाडौं । यस वर्षको दशैंअघि नै मेलम्चीको पानी राजधानीवासीलार्इ पिलाउने सरकारी योजना सम्पन्न हुन कठिन देखिएको छ ।

आय"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्चीको पानी दशैंअघि काठमाडौँ ल्याउन कठिन

७ असार २०७४, बुधबार १०:०३


शरच्चन्द्र भण्डारी | असार ७, काठमाडौं । यस वर्षको दशैंअघि नै मेलम्चीको पानी राजधानीवासीलार्इ पिलाउने सरकारी योजना सम्पन्न हुन कठिन देखिएको छ ।

आयोजनाअन्तर्गत तीन हजार मिटर सुरुङ खन्न अझै बाँकी छ । हाल दैनिक ११ मिटर सुरुङ भन्दा बढी खन्न सकिएको छैन । यही गतिमा सुरुङ खन्दा नौ महिनायता कुनै प्रगति नहुने देखिन्छ ।

झन्डै तीन दशकदेखिको मेलम्ची सपना अझै पनि यथार्थमा अनुवाद हुने छाँट नदेखिएकोमा नेपाल सरकारमात्र होइन त्यसको मुख्य लगानीकर्ता एडिबी पनि उत्तिकै चिन्तित भएको छ ।

आफ्नो प्रतिष्ठासँग गाँसिएको यस परियोजनालाई हरतरहले आउँदो दसैँमा नै सम्पन्न गर्नुपर्छ भन्नेमा एडिबी मुख्यालयका उच्च अधिकारी छन् तर कार्यस्थलमा भनेजस्तो कार्यप्रगति भएको छैन । परियोजनासँग सम्बन्धित ‘हेड वक्र्स’ लगायत अन्य काम पनि अधूरै छन् ।

नेपालमा एडिबीका देशीय निर्देशकको पद रिक्त रहेको दुई महिना पूरा हुन लागेको छ । नेतृत्वविहीन ‘नेपाल मिसन’लाई मेलम्चीमात्र होइन एडिबीको सहायतामा सञ्चालित अन्य ठूला आयोजनाको हबिगत पनि त्यस्तै छ । प्रायः सबै आयोजना अलपत्र छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार परियोजना, गौतमबुद्ध विमानस्थल, काठमाडौँ उपत्यका खानेपानी आपूर्तिजस्ता विशेष आयोजना कार्यान्वयनमा भएको ढिलाइप्रति दक्षिण एसियाका लागि एडिबीका नायव महानिर्देशक दिवेश शरण उत्तिकै चिन्तित छन् । ती परियोजनाको सुस्त प्रगतिप्रति असन्तुष्ट उहाँ लक्ष्य हासिलमा उत्पन्न अवरोध हटाउन प्रतिबद्धताका काममा जुट्नुपर्ने आवश्यकता सार्वजनिक रुपमा औँल्याउँछन् ।

उनी भन्छन्,“नेपाल सरकारका अधिकारी, एडिबीका कर्मचारी र सरोकारवाला सबै मिलेर समस्या हटाउँदै निर्धारित लक्ष्य हासिल गर्न कार्ययोजनाका साथै पूर्णप्रतिबद्धताका साथ अघि बढौँ ।” भूकम्प आपतकालीन सहायता परियोजना, तनहुँ जलविद्युत् आयोजना तथा दक्षिण एसियाली उपक्षेत्रीय सहयोग (सासेक)अन्तर्गतका ऊर्जा र सडक सुधार आयोजनाको प्रगति पनि निराशाजनक रहेकामा उनले त्यस्तो प्रतिबद्धताको माग गरेका हुन् ।

नेपाल सरकारका वरिष्ठ अधिकारी, एडिबीको सहायतामा देशका विभिन्न भागमा सञ्चालित विकास परियोजनामा सम्बद्ध कर्मचरी एवम् ठेकेदार तथा एडिबीका केन्द्रीय एवम् स्थानीय पदाधिकारीसँग अर्थ मन्त्रालय र एडिबीले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको त्रिपक्षीय समीक्षा बैठमा अर्थसचिव शान्तराज सुवेदीले “दैनिक ११ मिटर सुरुङ खनेर दसैँमा मेलम्चीको पानी काठमाडाैं आइपुग्छ ?” भन्ने जिज्ञासा राखेपछि नायव महानिर्देशक शरणले सामूहिक प्रण र प्रतिबद्धतामा जोड दिए ।

बुटवल–नारायणगढ सडक, दक्षिण एसिया पर्यटन पूर्वाधार विकासलगायत परियोजनाले लक्षित प्रतिफल नदिएकामा असन्तुष्ट सचिव सुवेदी समयमै सबै समस्या समाधान गर्न सुझाउँछन् ।

एडिबीले नेपालमा ३२ वटा परियोजनामा दुई अर्ब अमेरिकी डलर लगानी गरेको छ । उक्त बैंकले २५ वटा परियोजनामा ऋण सहयोग र १९ वटालाई अनुदान प्रदान गरेको छ । त्यसैगरी तीन करोड ५० लाख अमेरिकी डलरको लगानीमा २२ वटा प्राविधिक सहायता परियोजना जारी छन् ।

जल तथा त्यससम्बन्धी परियोजना र सहरी क्षेत्रमा सर्वाधिक लगानी भएको छ भने यातायात, ऊर्जा क्षेत्रमा पनि उत्तिकै पूँजी परिचालन गरेको छ । कृषिपछि शिक्षा र भूकम्पका जोखिम घटाउने र तत्काल उद्धार तथा राहतका काममा जुट्न नेपाललाई सक्षम तुल्याउने परियोजनामा पनि बैंकले यथेष्ट रकम परिचालन गरेको छ ।

हवाई यातायात क्षमता सुदृढीकरण, काठमाडौँ दिगो सहरी यातायात परियोजना, विद्यालय क्षेत्र सुधार कार्यक्रम, काठमाडौँ उपत्यका ढल व्यवस्थापन परियोजना, काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना, विद्युत् प्रसारण तथा वितरण क्षमता विस्तार परियोजना, इन्जिनियरिङ उच्च शिक्षा विस्तार कार्यक्रम, भूकम्प प्रभावित समुदायका लागि विपत्ति जोखिम न्यूनीकरण तथा जीवनयापन पुनः स्थापनामा एडिबीले सघाइरहेको छ ।

त्यसैगरी, उक्त बैंकले बाग्मती नदी किनार सुधार आयोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा व्यापार सहजीकरण कार्यक्रम, विद्युत् प्रसारण विस्तार तथा आपूर्ति सुधार आयोजना र काठमाडौँ उपत्यका सहरी वातावरण सुधार आयोजनामा नेपाल सरकार र विकासका साझेदारसँग मिलेर काम गरिहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट