२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक

२० आश्विन २०८१, आईतवार १६:५२

काठमाडौँ | सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

बैठकका निर्णयहरु :
१. थाइल्याण्डको बैंककमा २०८१ असोज २२ देखि २४ सम्म आयोजना हुने सामाजिक विकाससम्बन्धी कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. प्रकाश कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

२. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८\१२\२४ गतेको निर्णयानुसार नेपाल राष्ट्र बैंकका गभर्नर उपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने ।

३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८१\८२ का लागि अधिकृतस्तरका २८ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

४.नेपाल विद्युत प्राधिकरण रामेछाप उपवितरण केन्द्रको लागि करिब सात रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।

५. राजस्व न्यायाधिकरण विराटनगरको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत विराटनगरका माननीय न्यायाधीश श्री ध्रुवराज नन्दलाई र राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका माननीय न्यायाधीश श्री सुभाष पौडेललाई तोक्ने ।

६. वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दीपायलका माननीय न्यायाधीश श्री गोकर्ण डाँगीलाई तोक्ने ।

७. २०८१ असोज १० देखि परेको अविरल वर्षाका कारण प्रभावित बाह्र जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाको लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने।

८. गृह मन्त्रालयअन्तर्गतका आ.व. २०८१\८२ का लागि अधिकृत स्तरका २१ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

९. गृह मन्त्रालयलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।

१०. अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने।

११. नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकउपर लोक सेवा आयोगको परामर्श लिन स्वीकृति दिने ।

१२. बुटवल उपमहानगरपालिकालाई उजीरसिंह रंगशाला आयोजना निर्माणका लागि तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।

१३. मिति २०८१\७\१३ देखि ऐ १४ सम्म कोलम्बियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

१४. मिति २०८१\६\२३ देखि ऐ. २५ सम्म अजरबैजानमा आयोजना हुने सहभागी हुन माननीय वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

१५. अजिरकोट गाउँ कार्यपालिकाको कार्यालय, गोरखालाई प्रशासनिक भवन निर्माणको लागि छ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

१६. व्यवहारिक विज्ञान प्रविधि तथा नवप्रवर्तन कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने।

१७. वैदेशिक रोजगार (छैटौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।

१८. सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्ष पदमा प्रा.डा.ठाकुर प्रसाद दुवाडीलाई मनोनयन गर्ने।

१९. २०८१ असोज २१ देखि २३ सम्म भारतको नयाँदिल्लीमा सञ्चालन हुने कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री नेतृत्वको प्रतिनिधिण्डललाई स्वीकृति प्रदान गर्ने।

२०. यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी आदेश जारी गर्ने।

२१. जल तथा मौसम विज्ञान नीति, २०८१ स्वीकृत गर्ने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने