११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

विद्यालयमा शौचालयको अभाव हुँदा विद्यार्थी जंगल र खेतबारी धाउँछन्

२० आश्विन २०८१, आईतवार १७:०२

मुगु । –दान बहादुर बुढा | तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको मुगुका विद्यालयका विद्यार्थीहरु शौच गर्न जंगल र झाडीतिर जान बाध्य छन् ।

मिति २०७५ जेष्ठ २८ मा साविकका २४ गाउँ विकास समितिमा तामझामसहित राज्यकोषबाट ठूलो लगानी खर्च गरेर खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएपनि विद्यालयमा शौचालय र पानीको अभावमा विद्यार्थीहरु जंगलतिर धाउन बाध्य बनेका हुन् ।

पश्चिम भेगमा पर्ने सोरु गाँउपालिकाको वडा नम्बर ३ ठूलागाँउमा रहेको गुरु माध्यमिक बिद्यालयमा अध्यानरत एकसय १९ छात्र, एकसय ६२ छात्रागरी जम्मा दुईसय ८३ जना विद्यार्थीहरु विद्यालयमा खानेपानी वा हात धुने पानीको व्यवस्था नहुँदा अन्यन्त्र जान बाध्य बनेका हुन्

विद्यालयमा रहेका दुईवटा शौचालय र एकवटा यूरिनलमा दिशा र पिसावले भरिएकाका कारण विद्यार्थीहरु दिशा र पिसाब गर्न बन जङ्गल, खेतबारीमा जान बाध्य भएका हुन् । घर नजिक भएका विद्यार्थीहरु आफ्नै घरमा जाने गरेपनि टाढा भएकाहरु बन जंगल र खेतबारीमा जाने गरेको स्थानीयहरु बताउने गर्छन ।

विद्यालयमा निर्माण गरिएका शौचालय दिशा र पिसावले भरीभराउ र फोहोर छन तर व्यवस्थापन समिति साथै स्थानीय सरकारले त्यसमा चासो नदिएका कारण विद्यार्थी र शिक्षकहरुलाई नै समस्या भएको कक्षा ८ मा अध्ययनरत छात्रा निरुता थामीले बताइन । ।

विद्यालयमा रहेका शौचालयहरु पहिला दुईतीन पटक निर्माण तथा मर्मत गरिएको तर पानी प्रयोग गर्ने तरिका नसिकाएको, शौचालय र धारा विग्रेको हुनाले शौचालय प्रयोग गर्नमा समस्या आएको अभिभावक जगत बहादुर सेजुवालले बताए ।

विद्यालयमा दुईवटा शौचालय निर्माण गरिएको भएपनि विशेषगरी पानीको समस्या भएका कारण विद्यार्थीको पढाइमै वाधा पर्ने गरेकाले सम्बन्धित निकायहरुले सहयोग गरिदिन शिक्षक युवराज बलले आग्रह गरे । समस्या समाधानका लागि पालिकाले ६८ लाखको शौचालयसहित बिद्यालय भवनका लागि बजेट बिनियोजन गरी पालिका लागि परेको पालिका उपाध्यक्ष केशर बहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो