असार ८, दार्जीलिङ | गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ८, दार्जीलिङ | गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्र"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोर्खाल्यान्ड आन्दोलन : दार्जीलिङ छाड्दै विद्यार्थी

२०७४, ८ असार बिहीबार ०१:३३

असार ८, दार्जीलिङ | गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ। बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्‍याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ। 

मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारीसाधनले शुक्रबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यार्थीलाई गन्तव्यमा पुर्याउनु पर्नेछ। उनले विद्यालयले अन्य सवारीसाधन प्रयोग गर्न नपाइने बताए। उनले भने, ‘छुट्टै राज्य गोर्खाल्यान्ड नहुन्जेल आन्दोलन जारी रहने भएकाले हामीले यहाँ रहेका विद्यार्थीलाई घर जान सजिलो होस् भनेर २३ जुनका लागि विद्यार्थी बोक्न अनुमति दिएका हौं।’

भारत, नेपाल, भुटान लगायतका देशबाट दार्जीलिङ आएर पढने विद्यार्थीको संख्या ठूलो छ। यसपटक अचानक शुरु भएको बन्दले विद्यार्थी घर जान नपाई छात्रावासमै रहन बाध्य भएका छन्।

बंगाली भाषालाई बाध्यकारी बनाउने बंगाल सरकारको प्रयासपछि आन्दोलनमा उत्रिएका मोर्चासहितका दलले पश्चिमबंगालकी मुख्यमन्त्री ममता बनर्जीले बिहीबार बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णयसमेत गरेका छन्।

बंगाल सरकारले राज्यआतंक मचाएको आरोप लगाउँदै आएका गोर्खाल्यान्ड पक्षधर दलले बैठकमा नजाने निर्णय गरेको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिइन्। बंगाल सरकाले मोर्चा अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेको उनले बताइन्।  केही दिनअघि प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष गुरुङको निवासमा छापा मारेपछि नेताहरू भूमिगत भएका छन्। गुरुङ र तामाङको पहिले चलाउने गरेको फोनमा सम्पर्क हुँदैन, महासचिव गिरीले आफू दिल्लीमा रहेको जानकारी दिए।

दार्जीलिङको अनिश्चतकालीन बन्द भने यथावत् छ। सडकमा गाडी चलेका छैनन्। विद्यालय, कलकारखाना बन्द छन्। पसलको ढोका नखुलेको साताभन्दा बढी भयो। मुख्यमन्त्री बनर्जीले मोर्चाको आन्दोलनलाई आतंककारी कदम भनेपछि पहाडमा गोर्खाल्यान्डका लागि आन्दोलनरत दल झनै आक्रोशित बनेका छन्।

यसअघि शनिबार प्रहरीसँग भएको झडपमा तीन नेपाली भाषीको मृत्यु भएको थियो। चार दिनदेखि इन्टरनेट बन्द छ। आन्दोलनका पक्षमा सिक्किममा पनि प्रदर्शन भएको खबर छ। हजारौं सिक्किमेलीले गोर्खाल्यान्डको माग न्यायसंगत रहेको भन्दै पूरा गर्न आग्रह गरेका छन्। दार्जीलिङ, खर्साङ, मिरिकलगायत स्थानमा निरन्तर प्रदर्शन भइरहेको शर्माले जानकारी दिइन्।

रोकियो सीमा बैठक

इलाम : दार्जीलिङमा पछिल्लो समय भड्केको आन्दोलनका कारण लामो समयपछि हुन लागेको नेपाल-भारत जिल्ला प्रमुखस्तरीय संयुक्त सीमा बैठक रोकिएको छ।

असार ५ मा गर्ने सहमति भएको बैठक भारतीय जिल्ला प्रशासन प्रमुखले दार्जीलिङ समस्या देखाउँदै आउन नसक्ने जनाएपछि रोकिएको सीमा प्रशासन प्रमुख मोहन पनेरुले जानकारी दिए।

इलाम र दार्जीलिङ प्रशासनबीच २०६८ सालयता संयुक्त सीमा बैठक हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको सक्रियतामा हुन लागेको बैठकमा सिमाना व्यवस्थापन, सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणलगायत विषयमा छलफल गर्ने तयारी गरिएको थियो। पछिल्लो समयमा इलामको पशुपतिनगरसहित क्षेत्रमा सीमा विवाद बढ्दै गएको छ। नेपाल-भारत सीमाक्षेत्रको पाँचथरदेखि मेची खोलासम्मको साढे ५२ किलोमिटर क्षेत्रमा कतिपय सीमास्तम्भ हराएका छन् भने कतिपय मर्मत गर्नुपर्ने अवस्थामा रहेको सशस्त्र प्रहरी बल इलामका प्रमुख डीएसपी चेतराज जोशीले जानकारी दिए। – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा