2026-08-22 04:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दुर्गा प्रसाईँ समर्थकको आगजनीबाट गम्भीर घाइते भारतीय युवकको मृत्यु, ८ जना समर्थकमाथि मुद्दा दर्ता

झापा | दुर्गा प्रसाईँका समर्थकहरूले गरेको आगजनीमा परेका एक भारतीय युवकको मृत्यु भएको छ। झापा जिल्लामा भएको यस घटनामा घाइते भएका ४० वर्षीय पदा राय, जो पश्चिम बंगालको उत्तर दिनाजपुर निवासी थिए, उपचारको क्रममा मृत्यु भएको हो।

गत असोज ७ गते, प्रसाईँको गिरफ्तारीको विरोधमा उत्रिएका समर्थकहरूले झापाको बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय ट्रकमा आगजनी गरेका थिए। डब्लुबी ७३ ई ३०५६ नम्बरको ट्रकका चालक राय सो आगजनीमा गम्भीर घाइते भएका थिए।

उनीलाई सुरुमा बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार गरिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो, जहाँ उनको मृत्यु भएको हो।

मृतक रायका आफन्तहरूले शव राखेर भारतको पानीटंकीतर्फ एसियन हाइवेको काँकडभिट्टा नाका नजिक प्रदर्शन गरेका थिए। झापाको प्रहरीका अनुसार उनीहरूले करिब आधाघण्टा नाका अवरुद्ध पारेका थिए। पछि नेपाल र भारतीय प्रहरीको समन्वयमा शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।

आगजनीमा संलग्न दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले सोही समयमा पक्राउ गरिसकेको छ। उनीहरूविरुद्ध आपराधिक उपद्रो र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने