2026-09-06 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बच्चालाई सास फेर्दा आउँथ्यो दुर्गन्ध, २ वर्षपछि जाँच गर्दा नाकमा फलामको स्क्र्यू अड्किएको फेला!

एजेन्सी | प्रायः हामी सानातिना स्वास्थ्य समस्याहरूलाई बेवास्ता गर्ने बानी हुन्छ। जबसम्म कुनै गम्भीर समस्या उत्पन्न हुँदैन, हामीलाई डाक्टरकहाँ जान जरुरी लाग्दैन। यस्तै एउटा घटना चीनमा भएको छ, जसले सबैलाई चकित बनाएको छ।

अडिटी सेन्ट्रलको रिपोर्ट अनुसार यो चीनको हेनान प्रान्तको जिओजुओ नामको ठाउँको हो । यहाँ बस्ने एक बालकले आफ्ना अभिभावकलाई लामो समयसम्म दुर्गन्धको बारेमा बताउँदै आएका थिए, तर उनीहरूले यसलाई खासै गम्भीर रुपमा लिएनन्। बच्चाले गन्ध कस्तो थियो भनेर ठीकसँग बताउन नसक्दा र अभिभावकले पनि कुनै गन्ध थाहा नपाउँदा, यो कुरा दुई वर्षसम्म नजरअन्दाज गरियो। बालकको गुनासो पछिल्ला केही हप्ताहरूमा बढ्दै गएपछि, अन्ततः अभिभावकहरूले उनलाई डाक्टरकहाँ लगे।

डाक्टरहरूले बालकको नाकको जाँच गर्दा, उनको नाकमा एउटा कालो रंगको वस्तु फेला पारे। टाउकोको सिटी स्क्यान गरेपछि, नाकभित्र निकै माथि धातुको पेच अड्किएको पत्ता लाग्यो।

नाकमा गम्भीर संक्रमणका कारण धातुको वस्तुलाई निकाल्न शल्यक्रिया आवश्यक ठहरियो। शल्यक्रियामा सफलतापूर्वक पेच निकालिएको थियो, जुन नाकमा सुकिएको रगत र निस्किएको स्रावले ढाकिएको थियो।

डाक्टरहरूले यस्तो अवस्थामा बच्चाहरूको नाकमा कुनै पनि अनौठो वस्तु अड्किएको संकेत नाकबाट अस्वाभाविक तरिकाले सास तान्नु, नाक चिलाउनु, र दुर्गन्ध आउने समस्या भएको बताए। यस्तो अवस्थामा तुरुन्तै ध्यान दिन अभिभावकलाई सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ