2026-06-18 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य विषय बनेको छ : कृषि मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न भएपनि खाद्य वस्तु आयात गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

सोमबार ४४ औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले खाद्यन्नको अभाव परिपूर्तीको लागि आयात गर्नुपर्ने अवस्था रहेको भन्दै नेपालमा अझै १३ प्रतिशत जनसंख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको अवस्थामा रहेका बताए ।

उनले भने, ‘नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न रहेको भएता पनि हामी खाद्यन्नको अभाव परिपूर्तीको लागि आयात गर्नुपर्ने अवस्थामा छौ । खाद्य सुरक्षा आज विश्व मानव समुदायको जीवन र मरणको मुख्य विषय हो । नेपालमा अझै १३ प्रतिशत जनसंख्या तथा ४२ जिल्ला खाद्य असुरक्षाको अवस्थामा रहेका हुन्छन् । जलवायु परिवर्तनका प्रभावहरु, आर्थिक मन्दि, असमानता लगायतका कारण्ले गर्दा गरिब र कमजोर जनतालाई गम्भिर रुपमा असर परेको छ ।’

उनले दिगो विकास लक्ष्य २०३० मा उल्लेख भएको लक्ष्य र भोकमारिको अन्त्य गर्ने कार्यका लागि आवश्यक नीति नेपालले पनि अनुसरण गरेको पनि बताए ।

उनले भने, ‘२०३५ सम्ममा नेपाललाई खाद्यमा आत्म निर्भर बनाउने लक्ष्य सहित कृषि विकास नीति २०७२ जारी गरिएको छ । दिगो विकास लक्ष्य २०३० मा उल्लेख भएको लक्ष्य र भोकमारिको अन्त्य गर्ने कार्यका लागि आवश्यक नीति नेपालले पनि अनुसरण गरेको छ ।’

यसको साथै, उनले नेपालमा खाद्य सुरक्षाको अवस्था राम्रो बनाउन संलग्न सबै कर्मशिल किसान एंव श्रमिकहरु, कृषि उद्यामी तथा व्यवसायीहरु, अन्राष्ट्रिय संघ संस्था एवं विकास साझेदारहरु, क्षेत्रिय संगठन र स्वदेशी संस्था तथा नागरिक समाज सबैमा नेपाल सरकारले गरेको प्रतिबद्धतामा ऐकेबद्धता जनाउदैँ सहयात्राको लागि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी