२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने

२२ आश्विन २०८१, मंगलवार १३:२३

काठ्माण्डौँ । बजार अनुगमनका क्रममा सरकारी टोली माथि अभद्र व्यवहार गर्ने व्यवसायीहरुलाई प्रशासनले कानुन वमोजिम कारवाही गर्ने भएको छ ।

आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीहरुले असहयोग गरेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समेत संलग्न भएको उक्त अनुगमनमा मन्त्री भण्डारी फर्केपछि केही व्यवसायीले कर्मचारीमाथी नै अभद्र व्यवहार गरेका थिए ।

सोमबार व्यवसायीसहित कालिमाटी फलफुल तथा तरकारी विकास समिति अध्यक्ष, काठ्माण्डौंका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र वाणिज्य विभाग लगायतका नियमनकारी निकायले कानुन अनुसार कारवाही गर्ने निर्णय गरेका हुन् ।

व्यवसायीहरुले अहिले मात्रै नभइ विगतमा समेत असहयोग र अभद्र व्यवहार गर्दै आएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । व्यवसायीले अनुगमन प्रभावित गर्ने कृयाकलाप गरेमा उनीहरुको दर्ता खारेजी गरिने प्रजिअ आचार्यले बताए ।

सोमबार नियमनकारी निकायले गरेका निर्णयहरुमा अनिवार्य रुपले मूल्य सूची राख्नुपर्ने, अनुगमनमा अनिवार्य रुपले सहयोग गर्नुपर्ने, अनुगमनमा असहयोग गरेका व्यवसायीलाई नियम वमोजिम कारवाही गर्ने, सम्पूर्ण व्यवसायीले कारोबारको बिलबीजक अनिवार्य रुपले राख्नुपर्ने, विकास समितिको परिसर भित्रको सरसफाईमा विशेष ध्यान दिनेलगायत रहेकाछन् ।

आइतबार मन्त्री भण्डारीले गरेको छड्के अनुगमनका क्रममा माछा पसल र तरकारी पसलमा सरसफाइ नगरेको भेटिएको थियो भने अस्वभावीक मुल्यबृद्धि गरेको पाइएको थियो ।

मन्त्री भण्डारीले कालोबजारी र अस्वभावीक मुल्यबृद्धि गर्ने व्यवसायीलाई तत्काल कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले बजार पारदर्शी बनाउन कुनै कसर बाँकी नराखिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै