2026-09-12 01:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह

काठमाडौँ | आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशलाई बचाउनका लागि तेस्रो जनआन्दोलनको आवश्यक भएको बताएका छन् । ल दलीय सिण्डिकेट तोड्दै सबै बर्ग एकजुट भएर तेस्रो जनआन्दोलनमा होमिनुपर्ने उनले बताए ।

दसैँ, शुभ दीपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको महमदपुरमा आज आजपाद्वारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागी आजपा अध्यक्ष साहले देशलाई जोगाउनका लागि दलाल दलतन्त्रको विरुद्धमा तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए ।

‘जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिद्ध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिद्ध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ’ आजपा अध्यक्ष साहले भने, ‘अहिले मुलुक आर्थिक संकट तथा प्राकृतिक विपत्तिबाट गुज्रिरहेको छ । तर सरकार कहाँ छ भनेर पीडितले खोज्दा समेत न्याय नपाउने अवस्था छ । सरकारमा भएकाहरूको कसरी लुट्ने भन्ने विषयमा ध्यान केन्द्रित छ ।’

दलतन्त्रले मुलुकको आर्थिक अवस्था संकटमा परेको बताउँदै उनले दलका ‘मठाधीश’ले लुट मच्चाएको बताए । मुलुक र जनताको पक्षमा काम गर्नुपर्ने सरकार आफ्नो गुट र समूहका लागि काम गरिरहेको आरोप उनले लगाएका छन् ।

युवा, विद्यार्थी, मजदुर, किसानका साथै सबै वर्गहरूले अहिलेको भ्रष्ट, लुटकारी व्यवस्थाको विरुद्धमा आवाज उठाउँदै आएको बताउँदै उनले अब एकजुट भएर आन्दोलनमा होमिनुपर्ने आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस