१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदी स्थित नेपाली दुतावासले फेसबुक पेजमा छक्कापन्जा-५ को बिज्ञापन गरेपछि…

१ कार्तिक २०८१, बिहीबार १६:५२

काठमाडौँ । साउदी स्थित नेपाली दुतावासको आधिकारिक फेसबुक पेजमा चलचित्र छक्कापन्जा-५ को बिज्ञापन भएपछि चौतर्फी आलोचना भएको छ ।
दुतावासको फेसबुक पेजमा उल्लेख छ ‘भोलि मिति १७ अक्टोबर २०२४ देखि साउदी अरबका विभिन्न सहरहरुमा पहिलो पटक नेपाली चलचित्र ‘छक्कापञ्जा ५ ‘ एकै साथ प्रर्दशन हुने भएकोले नजिकको सिनेमा हलमा गएर चलचित्र हेर्न सकिने व्यहोरा जानकारी गराईन्छ।’

दुतावासले गरेको उक्त बिज्ञापनको प्रतिक्रियामा दुतावासको चौतर्फी आलोचना भएको छ । साथै कतिपयले दुतावासको पोष्टलाई स्क्रिनसट गर्दै स्टाटस समेत लेखेका छन् ।

दुतावासकै पोष्टमा अधिकांशले साउदीमा नेपालीहरुले दु:ख-पिडा पाएको विषयलाई अनदेखा गरेर व्यवसायीक चलचित्रको बिज्ञापन गर्ने काम गरेको भन्दै आलोचना गरेका छन् । कतिपयले ‘दुतावासको काम चलचित्रको बिज्ञापन गर्ने’ भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रियामा उल्लेख छ ‘यो गलत भयो । कुटनीतिक संस्थाको आधिकारिक पेजले यसरी व्यवसायिक बिज्ञापन गर्न मिल्दैन।’ त्यस्तै अर्को एउटा प्रतिक्रिया छ ‘राजदूतावासलाई नेपाल सरकारले राखेको हो कि चलचित्र बिकास बोर्डले राखेको हो दोधारमा परे म ।’ अर्को प्रतिक्रिया छ ‘नेपाल अधिराज्यबाट सञ्चालित संस्था यसरी खुलेआम चलचित्रको प्रचारप्रसार गरिनु गैरकानुनी छ । यो गलत कार्य हो ।’

यो समाचार तयार पार्दासम्म दुतावासको पोष्टमा छ सय भन्दा बढीले प्रतिक्रिया दिएका छन् । जसमा अधिकांश प्रतिक्रिया आलोचित छ । कतिपय प्रतिक्रिया समाचारमा उल्लेख गर्न लायकका समेत छैनन् ।

साउदीमा पहिलो पटक नेपाली चलचित्र पर्दर्शन

नेपाली श्रमिकको प्रमुख गन्तव्य बजार साउदी अरबमा पहिलोपटक नेपाली फिल्म रिलिज भएको छ । मध्यपूर्वमा नेपाली फिल्मको नियमित प्रदर्शन गर्दै आएको वितरण कम्पनी नेप-फिल्म्सले ‘छक्कापञ्जा ५’लाई बिहिबार (आजदेखि) साउदीमा रिलिज गरेको हो ।

साउदीबाहेक ‘छक्कापञ्जा ५’ युएई, कतार, बहराइन र ओमानमा पनि प्रदर्शन हुँदैछ । नेपाल रिलिजको एकसातापछि मध्यपूर्वका दर्शकले यो फिल्म हेर्न पाउने छन् ।

सन् २०१८ को अप्रिलमा साउदी सरकारले विदेशी फिल्मको प्रदर्शनमा लगाएको रोक हटाएको थियो । युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानले उदार अर्थनीतिको योजनाअघि सार्दै ३५ वर्षपछि फिल्मलाई प्रदर्शनको अनुमति दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार