2026-10-10 08:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदी स्थित नेपाली दुतावासले फेसबुक पेजमा छक्कापन्जा-५ को बिज्ञापन गरेपछि…

काठमाडौँ । साउदी स्थित नेपाली दुतावासको आधिकारिक फेसबुक पेजमा चलचित्र छक्कापन्जा-५ को बिज्ञापन भएपछि चौतर्फी आलोचना भएको छ ।
दुतावासको फेसबुक पेजमा उल्लेख छ ‘भोलि मिति १७ अक्टोबर २०२४ देखि साउदी अरबका विभिन्न सहरहरुमा पहिलो पटक नेपाली चलचित्र ‘छक्कापञ्जा ५ ‘ एकै साथ प्रर्दशन हुने भएकोले नजिकको सिनेमा हलमा गएर चलचित्र हेर्न सकिने व्यहोरा जानकारी गराईन्छ।’

दुतावासले गरेको उक्त बिज्ञापनको प्रतिक्रियामा दुतावासको चौतर्फी आलोचना भएको छ । साथै कतिपयले दुतावासको पोष्टलाई स्क्रिनसट गर्दै स्टाटस समेत लेखेका छन् ।

दुतावासकै पोष्टमा अधिकांशले साउदीमा नेपालीहरुले दु:ख-पिडा पाएको विषयलाई अनदेखा गरेर व्यवसायीक चलचित्रको बिज्ञापन गर्ने काम गरेको भन्दै आलोचना गरेका छन् । कतिपयले ‘दुतावासको काम चलचित्रको बिज्ञापन गर्ने’ भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रियामा उल्लेख छ ‘यो गलत भयो । कुटनीतिक संस्थाको आधिकारिक पेजले यसरी व्यवसायिक बिज्ञापन गर्न मिल्दैन।’ त्यस्तै अर्को एउटा प्रतिक्रिया छ ‘राजदूतावासलाई नेपाल सरकारले राखेको हो कि चलचित्र बिकास बोर्डले राखेको हो दोधारमा परे म ।’ अर्को प्रतिक्रिया छ ‘नेपाल अधिराज्यबाट सञ्चालित संस्था यसरी खुलेआम चलचित्रको प्रचारप्रसार गरिनु गैरकानुनी छ । यो गलत कार्य हो ।’

यो समाचार तयार पार्दासम्म दुतावासको पोष्टमा छ सय भन्दा बढीले प्रतिक्रिया दिएका छन् । जसमा अधिकांश प्रतिक्रिया आलोचित छ । कतिपय प्रतिक्रिया समाचारमा उल्लेख गर्न लायकका समेत छैनन् ।

साउदीमा पहिलो पटक नेपाली चलचित्र पर्दर्शन

नेपाली श्रमिकको प्रमुख गन्तव्य बजार साउदी अरबमा पहिलोपटक नेपाली फिल्म रिलिज भएको छ । मध्यपूर्वमा नेपाली फिल्मको नियमित प्रदर्शन गर्दै आएको वितरण कम्पनी नेप-फिल्म्सले ‘छक्कापञ्जा ५’लाई बिहिबार (आजदेखि) साउदीमा रिलिज गरेको हो ।

साउदीबाहेक ‘छक्कापञ्जा ५’ युएई, कतार, बहराइन र ओमानमा पनि प्रदर्शन हुँदैछ । नेपाल रिलिजको एकसातापछि मध्यपूर्वका दर्शकले यो फिल्म हेर्न पाउने छन् ।

सन् २०१८ को अप्रिलमा साउदी सरकारले विदेशी फिल्मको प्रदर्शनमा लगाएको रोक हटाएको थियो । युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानले उदार अर्थनीतिको योजनाअघि सार्दै ३५ वर्षपछि फिल्मलाई प्रदर्शनको अनुमति दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने