2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

संचारको युगमा टेलीफोन गर्नकै लागि १२ घण्टा पैदल हिड्नुपर्ने बाध्यता

dursancharसम्राट सिंह । माघ १, बझाङ । टेलिफोन गर्न बाह्र घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर बझाङको अति विकट गाविस काँडाका ४ गाँउका बासिन्दाहरु टेलिफोन गर्न बाह्र घण्टा पैदल हिड्न बाध्य छन ।

झण्डै पन्ध्र सय जनसंख्या भएको धुली, बलौडी, न्युना र धलौन गाँउका वासिन्दाहरुले जिल्लामा संञ्चालित सिडिएम ए, जिएसएम, स्मार्ट र एनसेल फोनको पहुँच नपुगेपछि फोन गर्न लामो समयसम्म हिड्न बाध्य भएका हुन ।

एक कल फोन गर्न पनि यहाँका बासिन्दाहरु घण्टौ हिडेर काँडा गाविसको बाझचौकामा रहेको एक मात्र भि स्याट टेलिफोन सेवा सम्म पुग्ने गरेका छन ।घरबाट बाझचौका पुग्न झण्डै बाह्र घण्टा लाग्छ धुलीका हस्त धामीले भने फोन गर्न विहानै हिडे राती पुगिन्छ भोलिपल्ट बिहान मात्रै घर फर्किन्छौ । राज्यले यहाँका बासिन्दाहरुका लागि टावर जडान गरी टेलिफोन सेवा सुचारु गर्न पहल गर्नुपर्ने उनको भनाइ छ । पब गाविसको धलौन गाँउमा २०६८ सालमा स्मार्ट टेलिकम कम्पनीले ५ वटा लाइन भि स्याट जोडे पनि एक वर्ष पछि सबै लाइन बन्द भएका थिए । धलौन गाँउ पनि बाझचौकाबाट ७ घण्टाको पैदल दुरीमा रहेको छ ।

गाउँबाट एक दिनमा झण्डै ६०/७० जना फोन गर्ने मानिसहरु बाँझचौका पुग्ने गरेको टेलिफोन संचालक गोरख रोकाया वताए । कुनै पनि कम्पनीका मोवाइल सेवाले काम नगर्ने काँडाका बासिन्दाले एक गाँउमा एउटा सम्म भए पनि भिस्याट सेवा सन्चालन गरिदिनका लागी पटक पटक जिल्ला स्थित निकायमा पहल गरे पनि कतैबाट सुनुवाई नभएको काँडाका गाविस सचिव धनबहादुर घर्तीले बताए ।

फोन सुचारु हुदा धेरै सुविधा पाएका त्यस क्षेत्रका बासिन्दाहरु स्मार्ट सेवा बिग्रेपछि ४ बर्ष देखी टेलफोन गर्न समस्या झेल्दै छन । यस्तै टेलिफोन रहेको गाँउ बाझचौका पुग्न न्युनाबाट ५ घण्टा, धुलिबाट ७ घण्टा र जिमाबाट ५ घण्टा पैदल हिड्नु पर्ने स्थानिय बासिन्दा बताउँछन ।
फोटो क्याप्सन ः काँडाको बाँझ चौकामा जडान गरिएको भि स्याट टेलिफोनको एन्टेना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई