११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

घरेलु कामदारको रुपमा अवैध बाटोबाट कुवेत पुर्याईएकि महिला सम्पर्कबिहिन

सर्मिलालाई अवैध बाटोबाट कुवेत पठाउनेहरुमा नवलपरासी बर्दघाट-१२ कै दुई एजेन्टहरु बिबस पुन र श्रीकान्त गुप्ता हुन्
२ कार्तिक २०८१, शुक्रबार १०:०९

काठमाडौँ । घरेलु कामदारको रुपमा अवैध बाटो हुँदै कुवेत छिरेकी नवलपरासी बर्दघाट १२ कि सर्मिला सुनार २५ दिनदेखि परिवारबाट सम्पर्क बिहिन छिन् ।

एक बर्ष अघि गाउँकै एजेन्टहरु मार्फत अवैध रुपमा कुवेत पुर्याईएकि सुनार अस्पतालमा भर्ना भएको भनिएको तर लामो समयसम्म सम्पर्कमा नआएको सर्मिलाको आमा मन कुमारी विश्वकर्माले जानकारी दिएकी छन् ।

मन कुमारीका अनुसार सर्मिलालाई अवैध बाटोबाट कुवेत पठाउनेहरुमा नवलपरासी बर्दघाट-१२ कै दुई एजेन्टहरु बिबस पुन र श्रीकान्त गुप्ता हुन् । आफ्नै देशको एअरपोर्ट प्रयोग नगरी, श्रम स्वीकृति समेत नलिई छोरीलाई कुवेत किन पठाएको भने प्रश्नमा मनकुमारीले भनिन् ‘एजेन्टहरुले जसरी गए पनि हुन्छ, जुन बाटोबाट गए पनि फरक पर्दैन भने अहिले आएर थाहा भयो केहि समस्यामा पर्दा उद्दार गर्न समेत सहज नहुने रहेछ ।’

मन कुमारीका अनुसार छोरीलाई के कारण अस्पतालमा भर्ना गरिएको भनि जानकारी माग्दा सर्मिलाको मालिकले डिप्रेसन भएको जानकारी दिएको बताइन् । अस्पताल रहेको भनिए पनि लामो समयदेखि छोरीको अत्तोपत्तो नभए पछि पिडितकि आमा सम्बन्धित निकायको सहयोगको गुहारमा छिन् ।

वैदेशिक रोजगारमा जाने संस्थागत बाटो हुँदाहुँदै एजेन्टको भरोशामा वैदेशिक रोजगारको प्रलोभनमा अबैध बाटो हुँदै हजारौं युवा-युवतीहरु विदेश जाने गरेका छन् । यसरी अवैध बाटोबाट विदेश जाँदा भविष्यमा आउन सक्ने जोखिमलाई ध्यान नदिंदा वा चेतनाको कमिको कारण नेपाली युवाहरुले बिभिन्न समस्या भोग्न परिरहेको छ । त्यसो त यसरी अबैध काम गर्नेहरु बिरुद्ध उचित कारवाही नहुँदा यस्ता बेथिति थप बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह