१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

२ कार्तिक २०८१, शुक्रबार ११:४५

काठमाडौँ | प्रतिपक्षी दहरुले नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गरेमा एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेका छन् । शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलको बैठकले सरकारले तत्कालै नेकपा एकीकृत समाजवादी फुटाउन अध्यक्षदेश ल्याउन खोजेको आशंका गरेको एक नेताले जानकारी दिए । उनका अनुसार सरकारले अध्यादेश ल्याएमा सबै मिलेर प्रतिवाद गर्ने पनि निर्णय गरेको छ ।


त्यस्तै बैठकले सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेमा सशक्त प्रतिवाद गर्ने पनि निर्णय गरेको छ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस विषयमा कुरा निकालेको र सरकारको क्रियाकलाप सही नभएको बताएका थिए । उनले बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा समेत सो कुरा उठाएको ब्रिफिङ गर्दै सरकारले यस्तै गरिरहे चुप लागेर नबस्ने बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिएका छन् । संसदीय छानबिन समितिको सिफारिश बमोजिम लामिछानेमाथि कारबाही अघि बढाउन सरकारमाथि दबाब छ । यही प्रकरणमा लामिछानेको व्यवसायिक साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।
तर, लामिछानेले भीड जम्मा पारेर सरकारमाथि नै धावा बोलेको भनेर रास्वपाको आलोचना भैरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेकै बेला प्रहरीले लामिछानेलाई पक्राउको तयारी गरेको थियो । त्यतिवेलापनि रास्वपाको मुख्यालय घण्टीघरमा नेता तथा कार्यकर्ता भेला भएर सरकारविरुद्ध नाराबाजी गरेका थिए । कांग्रेस सभापति देउवाले हिजोमात्रै प्रधानमन्त्री ओलीलाई भेटेरै लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दबाब दिएका छन् ।
तर, प्रधानमन्त्री ओलीले आनाकानी गरेको बुझिएको छ । यस्तोमा देउवाले हिजै राति १२ बजे फोन गरेर तत्काल लामिछानेमाथि पक्राउ गरेर अनुसन्धान अघि नबढाए सरकार नै ढाल्ने चेतावनी दिएको विश्वस्त स्रोतको दाबी छ । गृहमन्त्री रमेश लेखकले लामिछानेलाई पक्राउ गर्न हिजै प्रहरीको एक टोली तयारी अवस्थामा राखेको बताईन्छ ।
सम्भवतः आज साँझसम्म प्रहरीले एक्शन लिने बुझिएको छ । काँस्की जिल्ला अदालत पनि आजबाट खुलेकोले लामिछानेलाई पक्राउ गर्न सहज हुने प्रहरीको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ