Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी

२०८१, २ कार्तिक शुक्रबार १३:००

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तुरुन्त पक्राउ गर्न सरकारमाथि कडा दबाब दिएका छन्। संसदीय छानबिन समितिको सिफारिशअनुसार लामिछानेमाथि कारबाही अघि बढाउनुपर्ने माग गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्ट चेतावनी दिएका छन्।

सहकारी ठगी प्रकरणमा लामिछानेका साझेदार छविलाल जोशी यसअघि नै पक्राउ परिसकेका छन्। यद्यपि, लामिछानेले आफ्ना समर्थकहरू जम्मा गरेर सरकारविरुद्ध प्रदर्शन चर्काएको भन्दै रास्वपाको आलोचना भइरहेको छ।

प्रधानमन्त्री ओली अमेरिकाको भ्रमणमा रहेका बेला प्रहरीले लामिछानेलाई पक्राउ गर्न तयारी गरेको थियो, तर त्यतिबेला रास्वपाको मुख्यालय घण्टीघरमा भेला भएका कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै दबाब दिएका थिए।

सभापति देउवाले हिजो प्रधानमन्त्री ओलीसँग भेटेर लामिछानेलाई तुरुन्त पक्राउ गरी अनुसन्धान अघि बढाउन भनेका थिए। ओलीले तत्काल कदम चाल्न आनाकानी गरेपछि, देउवाले राति १२ बजे फोन गरेर लामिछानेमाथि कारबाही नगरे सरकार नै ढाल्ने धम्की दिएको स्रोतको दाबी छ।

गृहमन्त्री रमेश लेखकले पनि प्रहरीले लामिछानेलाई पक्राउ गर्न विशेष टोली तयारी अवस्थामा राखेको जानकारी दिएका छन्। सम्भवतः आज साँझसम्म प्रहरीले कदम उठाउने तयारी भइरहेको बुझिएको छ, किनकि कास्की जिल्ला अदालत पनि आजदेखि खुलेको छ, जसले कानुनी प्रक्रिया सहज बनाउनेछ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरुको बैठक बोलाएका छन् । जसमा रास्वपाका सभापति लामिछानेसहित सो दलका आधा दर्जन सांसद सहभागी छन् ।

बैठकमा सरकारको कामकारबाहीको आलोचना गरिएको छ । रास्वपाबाट आधा दर्जन सांसद बैठकमा सहभागी हुनुले रास्वपा नेतृत्व यतिवेला पुरै दबाबमा परेको बुझिन्छ । सभापति पक्राउ पर्ने डरले नै रास्वपाले संसद्को विशेष अधिवेशनको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश