२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी

२ कार्तिक २०८१, शुक्रबार १३:००

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तुरुन्त पक्राउ गर्न सरकारमाथि कडा दबाब दिएका छन्। संसदीय छानबिन समितिको सिफारिशअनुसार लामिछानेमाथि कारबाही अघि बढाउनुपर्ने माग गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्ट चेतावनी दिएका छन्।

सहकारी ठगी प्रकरणमा लामिछानेका साझेदार छविलाल जोशी यसअघि नै पक्राउ परिसकेका छन्। यद्यपि, लामिछानेले आफ्ना समर्थकहरू जम्मा गरेर सरकारविरुद्ध प्रदर्शन चर्काएको भन्दै रास्वपाको आलोचना भइरहेको छ।

प्रधानमन्त्री ओली अमेरिकाको भ्रमणमा रहेका बेला प्रहरीले लामिछानेलाई पक्राउ गर्न तयारी गरेको थियो, तर त्यतिबेला रास्वपाको मुख्यालय घण्टीघरमा भेला भएका कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै दबाब दिएका थिए।

सभापति देउवाले हिजो प्रधानमन्त्री ओलीसँग भेटेर लामिछानेलाई तुरुन्त पक्राउ गरी अनुसन्धान अघि बढाउन भनेका थिए। ओलीले तत्काल कदम चाल्न आनाकानी गरेपछि, देउवाले राति १२ बजे फोन गरेर लामिछानेमाथि कारबाही नगरे सरकार नै ढाल्ने धम्की दिएको स्रोतको दाबी छ।

गृहमन्त्री रमेश लेखकले पनि प्रहरीले लामिछानेलाई पक्राउ गर्न विशेष टोली तयारी अवस्थामा राखेको जानकारी दिएका छन्। सम्भवतः आज साँझसम्म प्रहरीले कदम उठाउने तयारी भइरहेको बुझिएको छ, किनकि कास्की जिल्ला अदालत पनि आजदेखि खुलेको छ, जसले कानुनी प्रक्रिया सहज बनाउनेछ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरुको बैठक बोलाएका छन् । जसमा रास्वपाका सभापति लामिछानेसहित सो दलका आधा दर्जन सांसद सहभागी छन् ।

बैठकमा सरकारको कामकारबाहीको आलोचना गरिएको छ । रास्वपाबाट आधा दर्जन सांसद बैठकमा सहभागी हुनुले रास्वपा नेतृत्व यतिवेला पुरै दबाबमा परेको बुझिन्छ । सभापति पक्राउ पर्ने डरले नै रास्वपाले संसद्को विशेष अधिवेशनको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत