९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

२ कार्तिक २०८१, शुक्रबार १७:४४

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो।


सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।
सहकारी रकम अपचलन गरेको आरोपमा पूर्वडिआईजी छवि जोशी पक्राउ परिसकेका छन् भने गार्खा मिडियाका सञ्चालक जीबी राई फरार छन्।एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिले सहकारी रकम अपचलनसम्बन्धमा लामिछानेलाई दोषी ठहर गर्दै कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो।
यही प्रकरणमा पूर्वडिआईजी जोशी ६ असोजमा पक्राउ परे पनि रास्वपा सभापति लामिछालाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन।
यता लामिछाने पक्राउ पर्नसक्ने भन्दै रास्वपाका कार्यकर्ताहरू काठमाडाैँकाे बनस्थलीस्थित पार्टी कार्यालयमा जम्मा भएका छन्। सभापति लामिछाने पक्राउ पर्ने संकेत पाएसँगै रास्वपाले पार्टी कार्यालमा कार्यकर्ताहरूलाई जम्मा हुन सर्कुलर जारी गरेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो