(सास)। असार १०, दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि चेतनामुलक सडक नाटक चरिकोटमा आज प्रदर्शन भएको छ ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) दोलखाको आयोजनामा आवाज आर्ट क्रियसन प्रा.लि.ले नाटक प्रदर्शन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास)। असार १०, दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि चेतनामुलक सडक नाटक चरिकोटमा आज प्रदर्शन भएको छ ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) दोलखाको आयोजनामा आवाज आर्ट क्रियसन प्रा.लि.ले नाटक प्रदर्शन "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सामुदायिक मेलमिलाप सम्बन्धि सडक नाटक चरिकोटमा प्रदर्शन

९ असार २०७४, शुक्रबार १४:५५

(सास)। असार ९, दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि चेतनामुलक सडक नाटक चरिकोटमा आज प्रदर्शन भएको छ ।

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) दोलखाको आयोजनामा आवाज आर्ट क्रियसन प्रा.लि.ले नाटक प्रदर्शन गरेको हो । नाटकमार्फत गाउँ घरमा हुने सानातिना विवादको समाधानका लागि स्थानिय तहमा रहेका मेलमिलाप केन्द्रमा जान अपिल गरिएको छ । नाटक प्रदर्शन पश्चात्त मन्तव्य राख्नुहुँदै सामुदायिक मेलमिलाप कार्यक्रम, दोलखाका संयोजक तारा बहादुर महतले मेलमिलाप केन्द्रबाट विवाद समाधान गर्दा समय र पैसाको बचत हुनुको साथै विवादका पक्षहरुको सम्बन्ध पनि सुधार हुने बताउनुभयो ।

सामुदायिक मेलमिलाप कार्यक्रमको बारेमा जानकारी दिई समुदायस्तरका विवादहरु गाउँमै रहेका मेलमिलाप केन्द्रमार्फत मिलाउने उद्धेश्यले नाटक प्रर्दशन गरेको आयोजकको भनाई छ । नाटक आज नै साविकको कालिञ्चोक गाविसको कुरी बजारमा समेत प्रदर्शन गरिएको छ भने यसअघि जिल्लाका अन्य अधिकांश गाविस÷नगरपालिकामा पनि प्रदर्शन गरिएको थियो ।

सामुदायिक मेलमिलाप कार्यक्रम स्थानिय तहसँगको समन्वय र द एसिया फउण्डेसनको आर्थिक सहयोगमा एनआरसिटीसी, नेपालले करिब दुई बर्ष अघिदेखि दोलखा लगायत प्रदेश नम्बर ३ का ५ वटा जिल्लामा संचालन गरीरहेको छ । कार्यक्रम अन्र्तगत दोलखाका साविकको गाविस÷नगरपालिकामा ४ सय ५० भन्दा बढी तालिम प्राप्त मेलमिलापकर्ताहरुले मेलमिलाप केन्द्रमार्फत हालसम्म करिब ५ सयको हाराहारीमा विवाद समाधानमा सहजीकरण गरीसकेको संस्थाले जनाएको छ ।

चरिकोटको सातदोबाटोमा सम्पन्न नाटक प्रर्दशन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी निरिक्षक प्रेमसागर के.सी, सहायक जिल्ला वन अधिकृत चन्द्रबहादुर थापा, जिल्ला बालकल्याण समितिका सदस्य इश्वरबहादुर थापा, जिल्ला हुलाक कार्यालय दोलखाका प्रमुख नविनकुमार श्रेष्ठ, मेलमिलापकर्ता लगायत सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुसहित सैयौंको संख्यामा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम