२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश

३ कार्तिक २०८१, शनिबार २३:१८

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध पोखरामा शक्ति प्रदर्शन गरिएको छ । शनिबार कार्यकर्ता एवम समर्थकहरुले पोखराको मानवअधिकार चोकमा पक्राउको विरोध गरिएको हो ।

केन्द्रीयस्तरका नेतादेखि जिल्ला–जिल्लाबाट कार्यकर्ता उतारेर रास्वपाले पोखरामा शक्ति प्रदर्शन गरेको हो । विरोध प्रदर्शपछिको कोणसभामा पार्टी उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल, कार्यवहाक प्रवक्ता मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरु तोसिमा कार्की, हरि ढकाल, नेता रमेश प्रसाईं, गण्डकी प्रदेश सभापति राजन गौतमलगायतले सम्बोधन गरे ।

कार्यक्रममा रास्वपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगन थापाविरुद्ध कडा आरोप लगाएका थिए । प्रदर्शनकारीहरुले ‘दलाल माफियाहरु होसियार’, ‘भ्याट छल्नेहरुलाई कारबाही गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘भ्रष्टहरूलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘केपी ओली मुर्दावाद’, ‘रवि दाइ हाइ हाइ’ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलको तस्बिर प्रदर्शनकारीले ‘वास्तविक ठग’ भन्दै प्लेकार्ड देखाएका थिए ।

शुक्रबार काठमाडौँबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेर सडकमार्ग हुँदै शनिबार बिहान कास्की ल्याइएको थियो। रविको पछिपछि केही केन्द्रीय नेता पोखरा पुगेका हुन् । शनिबार पनि केही नेताहरु र समर्थक पोखरामा जम्मा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ