असार १०, काठमाडौँ । नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ । 

दिनमा ६ घन्टासम्म "/> Sajhasabal

असार १०, काठमाडौँ । नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ । 

दिनमा ६ घन्टासम्म "/>

२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय राजमार्ग दिनमा ६ घन्टा अवरोध, दशौँ हजार यात्रुलाई सास्ती

१० असार २०७४, शनिबार ०१:५७


असार १०, काठमाडौँ । नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ । 

दिनमा ६ घन्टासम्म अवरोध गरेर, दशौँ हजार यात्रुलाई अलपत्र पारेर निर्माण भइरहेको सडकमा जम्मा ५० कामदार कार्यरत छन् । राजधानीबाट पूरै देशलाई जोड्ने यो नै मुख्य सडक हो । स्तरोन्नतिमा ढिलाइ हुँदा दिनमा हजारौँ यात्रुले सास्ती बेहोर्नुपरिरहेको छ । यो सडकको स्तरोन्नति १० असार ०७२ मा सुरु भएको थियो । अहिलेसम्म आधा काम भएको छ, तर आगामी चैतमा सक्ने नयाँ लक्ष्य छ ।

सडक जम्मा ३३ किलोमिटर, ठेकेदार नेपाल र भारतका नारायणगढ–मुग्लिङ (स्तरोन्नतिसहित) सडकखण्डको कुल लम्बाइ ३३ किलोमिटर छ । सडकलाई तीन भागमा विभाजन गरेर विस्तार र स्तरोन्नति गरिँदै छ । पहिलो साढे १० किलोमिटर सडकको विस्तार भारतको बिएलए ग्रुप र नेपालको श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडाले गरिरहेका छन् । त्यस्तै, बीचको साढे १० किलोमिटरमा भारतको उडहिल कम्पनी र नेपालको

लामा कन्स्ट्रक्सन संलग्न छन् । अन्तिम १२ किलोमिटरको काम भने भारतको सुप्रिम कन्स्ट्रक्सन र नेपालको रौटाहा कम्पनीले गरिरहेका छन् । तीनवटै खण्डमा भारत र नेपालका एक–एक निर्माण कम्पनीको ‘ज्वाइन्ट भेन्चर’मा सडक स्तरोन्नति भइरहेको छ । यति सुस्त गतिमा काम भइरहे पनि आयोजना प्रमुख चन्द्रनारायण यादवले भने निर्माण कम्पनीहरूले सन्तोषजनक काम गरिरहेको बताए । तर, उनका अनुसार नै अहिले यस सडकखण्डमा करिब ५० कामदार कार्यरत छन् । मंसिर–पुस(सिजन)मा भने दुई सय जनासम्म पुग्ने गरेको उनले जानकारी दिए । आयोजनामा डोजर तथा एक्साभेटर २१ वटा, ट्रिपर २४ वटा, ग्रेडर ६ वटा र रोलर ७ वटा प्रयोग गरिएको छ ।

०७२ मा भएको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा निर्माणमा ढिलाइ भएको नारायणगढ–मुग्लिङ सडक आयोजना प्रमुख यादवको भनाइ छ । ‘यसबाहेक आयोजना विस्तारका लागि आवश्यक कामदार, कच्चा पदार्थ (ढुंगा, गिट्टी र बालुवा) अभाव तथा जग्गा प्राप्ति समयमा नहुँदा पनि ढिलाइ भएको हो,’ उनले भने ‘अर्कोतिर अप्ठ्यारो ठाउँमा एकैपटक धेरै कामदार परिचालन गर्न पनि नसकिने अवस्था छ।’

आयोजना सम्पन्न गर्ने म्याद आगामी मंसिरसम्म मात्र 

आयोजना व्यवस्थापन पक्षले विस्तार र निर्माण कामको चैतमा मात्र सम्पन्न गर्न सकिने जानकारी गराए पनि अहिलेसम्म सडक विभागले मंसिरसम्मको मात्र म्याद दिएको छ । ‘सरकारले ८ महिना म्याद थपिसकेको छ,’ आयोजना प्रमुख यादवले भने, ‘अब चार महिना पनि थप गराउने प्रक्रियामा छौँ ।’ कामलाई तीव्रता दिन सडक बन्द गर्ने समय वृद्धि गरिएकाले हालको कार्ययोजनाअनुसार नै सडक विस्तार सम्पन्न हुने उनको भनाइ छ ।

हालसम्म १ अर्ब ५० करोड खर्च 

आयोजना कार्यालयका अनुसार अहिलेसम्म विस्तारको काम ५१ प्रतिशत सकिएको छ । 

आयोजनाको कुल लागत ३ अर्ब रुपैयाँमा आर्थिक वर्ष ०७२/७३ सम्ममा १ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ । ०७४ चैतसम्ममा आयोजना सम्पन्न गर्ने हो भने मासिक १५ करोड रुपैयाँको दरले खर्च गर्नुपर्ने हुन्छ । चालू आर्थिक वर्षका लागि सरकारले १ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको छ । 

‘जेठसम्म ५० करोड रुपैयाँ खर्च भएको छ,’ यादवले भने, ‘केही बिलको भुक्तानी पनि गर्न बाँकी छ ।’ चालू आर्थिक वर्षभित्र कुनै प्राकृतिक वा अन्य समस्या नदेखिए ८० प्रतिशत खर्च गरिने उनले बताए । यस आयोजनाका लागि विश्व बैंकको २ अर्ब ९० करोड रुपैया“ ऋण सहयोग रहेको छ ।

सडकको चौडाइ ९ देखि ११ मिटरसम्म

अहिले ५ दशमलब ५ मिटर चौडाइ रहेको सडक विस्तार तथा स्तरोन्नतिपछि न्यूनतम पनि ९ मिटरको हुनेछ । अधिकतम भने ११ मिटरसम्मको बन्नेछ । सडक दुई लेनको हुनेछ । आयोजना कार्यालयका अनुसार नारायणगढ बाइपासदेखि १६ किलोमिटरसम्म सडकको चौडाइ ११ मिटर हुनेछ । 

अति नै अप्ठ्यारो भू–भाग मानिएको अन्तिम खण्डमा पनि ७ मिटर चौडा बनाउने गरी काम भइरहेको आयोजना प्रमुख यादवले बताए । यत्तिको चौडाइ भएको सडकले एसियाली राजमार्गस्तर मापदण्ड पूरा गरेको मानिनेछ ।

यात्राअवधि ३५ मिनेटमा झर्ने

यस सडकको स्तरोन्नतिपछि यात्रा समय आधाले घट्नेछ । अहिले यसको यात्रा अवधि औपचारिक रूपमा ७५ मिनेट मानिएको छ । 

सडक स्तरोन्नतिपछि ३५ मिनेटमै यात्रा पूरा हुने आयोजना प्रमुखले यादवले बताए । यो सडक ४० वर्षपहिले चिनियाँ सहयोगमा निर्माण भएको हो । देशकै सबैभन्दा व्यस्त मानिने यस सडकमा दैनिक १४ हजार सवारीसाधन गुड्ने गरेको तथ्यांक छ । सडक विभागले यो सडक मर्मतका लागि वार्षिक ५० लाख रुपैयाँ खर्च गर्दै आइरहेको छ । विस्तार र स्तरोन्नतिपछि लागत घट्नेछ ।

सवारीसाधन सञ्चालन अवधि बढाइने

नारायणगढ–मुग्लिङ सडकमा दैनिक सवारीसाधन सञ्चालन अवधि बढाउने तयारी गरिएको छ । 

आइतबार चितवन जिल्ला प्रशासनसँग छलफल गरेर सवारीसाधन सञ्चालन अवधि बढाइने आयोजना प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । ‘बर्खा लागेकाले पानीका कारण सडकको विभिन्न खण्डमा पहिरो जाने तथा हिलोको कारण समस्या आउने भएकाले यातायात बन्द गर्ने अवधि घटाउन लागेको उनले बताए । 

हाल निर्माणलाई तीव्रता दिने उद्देश्यले दैनिक ६ घन्टा यातायात बन्द गर्ने गरिएको छ । गत १५ चैतदेखि दैनिक बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सडक बन्द गर्न थालिएको हो । 

त्यसअघि साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र बन्द गरेर दैनिक साढे ४ घन्टा काम गर्ने गरिएको थियो । त्यसअघि दैनिक २ घन्टा मात्र काम हुने गरेको थियो । सवारीसाधन सञ्चालन अवधि वृद्धि गरेपछि कामको गति अझ कम हुने सम्भावना छ ।  -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय