४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

गाउँ जादैनन् गाविस सचिव

४ माघ २०७२, सोमबार १०:२६

सम्राट सिंह/ माघ ४ , बझाङ ।  बझाङ जिल्लाका गाविस सचिवहरु अझै गाँउ फर्केका छैनन् । सचिबहरु गाँउ नजाँदा सेवाग्राही लाई मर्का परेको छन । जिल्ला विकास समितिले सचिवहरु लाई गाँउ बस्ने ताकेता नगर्दा सशस्त्र द्घोन्दमा सदरमुकाम भित्रिएका सचिवहरु अझै गाँउ फर्केका छैनन् ।

bajhang news

शान्ति स्थापना भएपछि सम्वन्धित गाविसमा गएर काजपत्र सहित वोर्ड झुन्ड्याएका सचिवहरुले हाल सम्म पनि सदरमुकाम चैनपुरमा खोलीएका कार्यालयहरु बन्द गरेका छैनन् । एक भन्दा बढी गाविसको जिम्मेवारी लिएका सचिवहरुले सेवाग्राहीको लागी सदरमुकाम चैनपुरमा सम्पर्क कार्यालय खोल्नु बाध्य भएको वताए पनि अन्य सचिबहरुले भने खुलेयाम सदरमुकाम चैनपुरमै बसेरै काम गर्दै स्थानिय प्रशासन बेखवर छ ।

४२ गाविस रहेको बझाङ जिल्लामा ४२ वटै गाविसका सचिबहरुले सदरमुकाम चैनपुुरमा घर भाँडा लिएर बस्दै आएका छन् । सचिव खोज्दा खोज्दै हैरान भयो एक दिन टाढा रहेको सुनकुडा गाविस वाट नागरिता बनाउन आएकी अम्विका जोशीले भनिन् अझै पनि सचिव गाँउ नर्फकिदा सामान्य कामका लागि समेत सदरमुकाममा आउनु पर्छ ।

गाउँ परिषद , सामाजिक सुरक्षा भर्ता वितरण र कहिले काही गाविसमा हुने सर्वदलिय सर्व पक्षीय बैठकमा मात्र सचिवहरु गाँउ जाने गर्दछन् । गाँउमै बसेर जनताको सेवा दिने गाविस सचिवहरुले यसरी सदरमुकाममा कार्यालय खोली बस्दा विकास रकम बाट घरभाडा समेत दिएर अनियमिता समेत हुने गरेको दहबगरका मकर धामीले बताए । उनले भने सचिब गाँउ नबसेर जनताको सेवामा खेलवाड गरेको छ । ३८ जना सचिब मध्य ३ जना सचिवले एक भन्दा बढी गाविसको जिम्मा लिएको छ ।

यता स्थानिय विकास अधिकारी आत्मराम सत्यालले भने गाविस कार्यालयमा बस्नुपर्ने गाविस सचिब ले सदरमुकामै कार्यालय खोलेर बस्न मिल्दैन । उनले जरुरी काम बाहेक अन्य समय गाँउमै बस्न परिपत्र गर्ने वताए ।
फोटो क्याप्सन ः सदरमुकाम चैनपुरमा कार्यालय खोलेर काम गर्दै सुर्मा र दौलिचौरका सचिव नन्दराम जोशी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ