दलसिंह गिरी/असार १०, कालिकोट । देशमा बढ्दो आर्थिक महंगी संगै सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरुलाई आफ्नो दैनिक आवश्यकता परिपूर्ति गर्न हम्मेहम्मे भैरह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार १०, कालिकोट । देशमा बढ्दो आर्थिक महंगी संगै सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरुलाई आफ्नो दैनिक आवश्यकता परिपूर्ति गर्न हम्मेहम्मे भैरह"/>

2026-10-31 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सहासका अभियान्ता, बिपन्नका दानी


दलसिंह गिरी/असार १०, कालिकोट । देशमा बढ्दो आर्थिक महंगी संगै सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरुलाई आफ्नो दैनिक आवश्यकता परिपूर्ति गर्न हम्मेहम्मे भैरहेका बेला सहास नेपालका अभियान्ताहरुले आफ्नो दैनिक सेवासुविधाको केही अंश रकम सहयोग कोषकारुपमा छुट्याई विपन्न बालबालिकाहरुको आर्थिक सहजतामा प्रदान गर्ने गरेका छन् । 

सहास नेपालका करिव १ सय ९५ जना अभियान्ताहरुले आफुहरुले आर्जन गर्ने दैनिक परिश्रमिकको ४ प्रतिशत रकम कोषको रुपमा छुट्याई बार्षिकरुपमा अपांगता, टुहुरा तथा आर्थिकरुपमा विपन्न बालबालिकाहरुलाई विशेषगरी शैक्षिक स्तर बृद्धिका लागि सहयोग प्रदान गर्ने गरेका हुन् ।

विगत केही बर्षयता विपन्न बालबालिकाको शैक्षिक स्तर बृद्धिमा सहजता ल्याउन बालबालिकालाई सहयोग स्वरुप छात्रबृद्धि प्रदान गर्दै आइरहेका अभियान्ताहरुले यस पटक पनि कालिकोटका १२ वटा बालबालिकालाई छात्रबृद्धि स्वरुप शैक्षिक सामाग्री सहित स्कुल ड्रेस र अन्य सामान प्रदान गरेका छन् । सहास द्धारा संचालित खाध्य सुरक्षा र जीविकोपार्जनका लागि सामुदायिक सशक्तिकरण परियोजना लागु भएका जिल्लाका सान्नीत्रिबेणी गाउपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउपालिका १२ जना विपन्न बालबालिकालाई छात्रबृद्धि स्वरुप सामानहरु सहयोग गरेका छन् ।

जिल्लाको शान्नित्रिबेणी गाउपालिका अन्तर्गत रकुका २ मेहलमुडीका २, मुम्राका २, पचालझरना गाउपालिका अन्तर्गत बदालकोटका २, राम्नाकोटका १, रास्कोट नगरपालिका अन्तर्गत सिपखानाका २, स्यूनाका १ गरी करिव १२ जना बालबालिकालाई झोला, कपी, डट्पेन, हात धुने साबुन, नङकट, हाते रुमाल, स्कुल ड्रेस, जुत्ता लगायतका सामान प्रदान गरिएको छ । सहास नेपालका जिल्ला परियोजना अधिकृत नमराज संज्यालको संयोजकत्व, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक जसिप्रसाद चौलागाईको प्रमुख आथित्यतामा सुक्रबार जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा एक कार्यक्रमको आयोजना गरी छात्रवृद्धि स्वरुप उक्त सामान प्रदान गरिएको हो ।

छात्रबृद्धि वितरण कार्यक्रममा खाडाचक्र नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष पुष्पराज गिरी, लगायत जिल्लाका कृयाशिल पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो । छात्रबृद्धि स्वरुप शुखीले सामान बुझ्दै विपन्न बालबालिकाहरुले सहासले शैक्षिक सामाग्री दिई आफुलाई पढाईप्रति थप उत्प्रेरणा जगाएको बताएका छन् । 

यस्तै कार्यक्रमका अन्य सहभागीहरुले सहासका अभियान्ताहरुले बालबालिकाहरुलाई नियमित विद्यालयमा पढ्न थप हौसला जगाउनुका साथै बालबालिकालाई हातमुख सफा गर्ने साबुन, हातेरुमाल, नियमित नङकाट्ने निलकट जस्ता दैनिक उपयोगी सामाग्री समेत प्रदान गरी नियमित सरसफाईमा रहन उत्प्रेरणा जगाएको बताएका छन् ।

विगत २०६६ साल देखि नेपाल भरका करिव १७ वटा जिल्लाहरुका दुर्गम तथा विपन्न बस्ति तथा गरिव दलित, महिला जनजाती, न्यून आय भएका सिमान्तकृत समुदायको हितमा काम गर्दै आइरहेको जनाउने सहास नेपाल कालिकोटका जिल्ला परियोजना अधिकृत संज्यालले यस्ता असायहरुलाई सहयोग कार्यक्रम अन्य जिल्लाहरुमा पनि विगत देखि निरन्तर चलिरएको बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय