डिवि विष्ट/ माघ ४, बझाङ (चैनपुर) । केही दीन अगाडी जिल्ला प्रसासन कार्यलयमा जिल्लामा रहेका राजनैतीक दल तथा सर्व दलीय सर्व पक्षीय बैठेकले जिल्लामा चल्ने छोटो दुरीका सवारीका साधनहरुले मन परि भाडा असुल्न थाले पछि नेपाल सरकारको नियम तथा कानुन भन्दा पनी स्थानीय प्रसासनले सर्वदलीय सर्व पक्षिय बैठेक बसि बझाङ सर्वाजनीक यातायात समीतीलाई कच्चिमा सवारीका साधनहरुले प्रतिकीलोमीटर ११ रुपैया लीन पाउने र पक्कीमा प्रतिकीलोमीटर ४ रुपैयाका दरले लिन पाउने मौखीख निर्णय गर्र्यो ।
तर हाल भारतले लगायको अघोषित नाका बन्दीका कारण तेलमा असहज भएका कारणले सो भाडा दरमा सवारीका साधनहरुले चल्न नसक्ने भन्दै अनिष्चित कालका लागी सवारीका साधनहरु बन्द गरेको छ । आफुहरुले तेल महंगो मुल्यमा हाल्नु परेको कारणले जिल्ला प्रसासन कार्यलयले तोकेको भाडा दरमा सवारीका साधनहरु चलाउन नसकीने सवारी धनीहरुले बताएका छन् ।
यसरी छोटो दुरीमा चल्ने सवारीका साधनहरु बन्द भए पछि बझाङ जिल्लाका सर्वसाधारण ब्याक्तीहरुलाई गन्तब्य तिर जान असहज भएको तथा स्थानीय बासिहरु मर्कामा परेका छन् । सवारीका साधनहरु सन्चालन गर्नको लागी आफुहरु प्रयास गरी रहे्को प्रहरी नायब उपरिक्षक लक्ष्मि रमज अधिकारी जनाएका छन् । जिप ब्यावसायीहरुले भने कच्चिमा प्रति कीलो मीटर १२ रुपैया र पक्कीमा प्रति कीलो मीटर ६ रुपैया हुनु पर्ने बताउदै आएका छन् ।