९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल

५ कार्तिक २०८१, सोमबार १२:२६

काठमाडौँ | नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एमालेको भविष्यप्रति चिन्ता नगर्न आग्रह गरेका छन्। उनले पार्टीको असल परीक्षण चुनावले गर्ने भन्दै आलोचना र सुझावका लागि एमाले तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमा एमालेको विरोध र आलोचना भइरहेका सन्दर्भमा पोखरेलले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भनेका छन्, “फरक पार्टीका नेता र कार्यकर्ताहरूले एमालेको भविष्यप्रति चिन्ता गर्दै अनेकन् सुझाव दिइरहेका छन्। राजनीति गर्नेहरूले आफ्नो पार्टी सुधार्न ध्यान दिनुपर्छ, अरूको चिन्ता लिनै पर्दैन।”

एमालेको निर्णय र भविष्य कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने अधिकार एमाले सदस्यहरूमै रहेको उनले स्पष्ट पारेका छन्।

पोखरेलले एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गरिरहेको बताए। उनले पार्टीले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट-चिवाभञ्याङ यात्रा जस्ता कार्यक्रमहरूबाट जनतासँग सम्पर्कमा रहँदै सुझाव ग्रहण गरिरहेको दाबी गरे।

“नेकपा (एमाले) ले आजका मात्रै होइन, भविष्यका आवश्यकताहरूमा पनि केन्द्रित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न राष्ट्रिय शक्ति निर्माणमा लागिपरेको छ,” महासचिव पोखरेलले उल्लेख गरेका छन्।

उनले कुन पार्टी कस्तो भन्ने परीक्षण सामाजिक सञ्जालले होइन, आवधिक निर्वाचनले गर्ने भन्दै एमाले सधैं चुनावका लागि तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी