२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल

२०८१, ५ कार्तिक सोमबार १२:२६

काठमाडौँ | नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एमालेको भविष्यप्रति चिन्ता नगर्न आग्रह गरेका छन्। उनले पार्टीको असल परीक्षण चुनावले गर्ने भन्दै आलोचना र सुझावका लागि एमाले तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमा एमालेको विरोध र आलोचना भइरहेका सन्दर्भमा पोखरेलले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भनेका छन्, “फरक पार्टीका नेता र कार्यकर्ताहरूले एमालेको भविष्यप्रति चिन्ता गर्दै अनेकन् सुझाव दिइरहेका छन्। राजनीति गर्नेहरूले आफ्नो पार्टी सुधार्न ध्यान दिनुपर्छ, अरूको चिन्ता लिनै पर्दैन।”

एमालेको निर्णय र भविष्य कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने अधिकार एमाले सदस्यहरूमै रहेको उनले स्पष्ट पारेका छन्।

पोखरेलले एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गरिरहेको बताए। उनले पार्टीले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट-चिवाभञ्याङ यात्रा जस्ता कार्यक्रमहरूबाट जनतासँग सम्पर्कमा रहँदै सुझाव ग्रहण गरिरहेको दाबी गरे।

“नेकपा (एमाले) ले आजका मात्रै होइन, भविष्यका आवश्यकताहरूमा पनि केन्द्रित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न राष्ट्रिय शक्ति निर्माणमा लागिपरेको छ,” महासचिव पोखरेलले उल्लेख गरेका छन्।

उनले कुन पार्टी कस्तो भन्ने परीक्षण सामाजिक सञ्जालले होइन, आवधिक निर्वाचनले गर्ने भन्दै एमाले सधैं चुनावका लागि तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह