असार १०, बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजना र एविलिस फाउण्डेसनको सहयोगमा बुटवलमा जारी दुई दिने अपाङ्गता भएका व्याक्तिहरुको लागि सिप विकास तालिम समापन गरिएको छ ।

शनिवार बुटवमा एक कार्यक्रमको आयोजना गरी तालिमको समापन गरिएको हो । नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा एविलिस फाउण्डेसनको नेपाल प्रतिनिधि तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष विरेन्द्रराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले अपाङ्गता हुदैमा कोही पनि व्याक्ति कमजोर नहुने भन्दै तालिममासिकेको सिपलाई व्यवहारमा उतार्नको लागि आग्रह गरेका थिए ।

नेपाल दृष्टिविहिन उत्थान संघका महासचिव मुक्ति पौडेलको सञ्चालनमा भएको तालिम समापन कार्यक्रममा सहभागीहरु तारापती क्षेत्री, रिता केसी, लगायतले बोलेका थिए । दुई दिन सम्म चलेको तालिमको विरेन्द्रराज पोखरे र महिला तथा वालवालिका कार्यालय रुपन्देहीकी प्रमुख सारदा बस्यालले सहजीकरण गरेकी थिईन् ।

June 24, 2017
रुपन्देही - RPD, समाज
सिप विकास तालिम सम्पन्न
By kit
3 मिनेट पढाइ