2026-09-12 05:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रास्वपा कार्यकर्ताले घुसपैठको आरोपमा आफ्नै पार्टीका पालिका संयोजकलाई कुटेपछि…

पोखरा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आइतबार आफ्नै पार्टीका सदस्यलाई कुटपिट गरेका छन्, जसमा मादी गाउँपालिका संयोजक पदमराज पौडेल घाइते भएका छन्।

पौडेलले आन्दोलनमा प्रहरीमाथि मिनरल पानीको बोतल फ्याँकेपछि साथीहरूले नै उनलाई ‘घुसपैठिया’ भन्दै निर्घात कुटपिट गरेको बताइएको छ। उनी अहिले घरमै आराम गरिरहेका छन्, जहाँ उनको ओठमा दुइटा टाँका लगाइएको र शरीरमा अन्यत्र पनि चोट लागेको छ।

आन्दोलनमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा साथीहरूले कुटपिट गर्दा पौडेल भुइँमा लडे। कुटपिटका क्रममा उनीमाथि निरन्तर लात र मुक्का प्रहार भयो। रास्वपाका केही कार्यकर्ताले उनलाई उद्धार गरेर जिल्ला प्रशासन कार्यालयभित्र लगेपछि मात्रै कुटपिट रोकियो।

‘मलाई उद्धार गर्न खोज्दा पनि पछाडिबाट मुक्का र लात हानिरहेका थिए,’ पौडेलले भने। प्रहरीले भने घटना रोक्न कुनै चासो नदिएको आरोप पौडेलले लगाए।

घटनापछि रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ, र सांसद तोसिमा कार्कीले पौडेलको घरमा भेट गरेर उनलाई सान्त्वना दिएका छन्। यद्यपि, पौडेलले अब रवि लामिछानेको पक्षमा हुने आन्दोलनमा सहभागी नहुने तर पार्टीभित्र सक्रिय रहने निर्णय लिएका छन्।

आइतबारको आन्दोलनमा रास्वपाका कार्यकर्ताहरूले पत्रकारमाथि पनि आक्रमण गरेका छन्। एपी वनका सागरराज तिमिल्सिना, प्राइम टेलिभिजनकी अनिता घिमिरे, सुनगाभा डटकमका सुशान्त गाहा लगायत पत्रकारमाथि प्रदर्शनकारीहरूले दुर्व्यवहार गरेका थिए।

नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालका अनुसार पत्रकारहरूलाई लक्षित गर्दै गरिएको यो आक्रमण प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात हो।

रवि लामिछानेलाई सरकारले हिरासतमा राखेको विरोधमा रास्वपाले पोखरामा निरन्तर प्रदर्शन गरिरहेको छ। आइतबारको घटना पार्टी कार्यकर्ताहरूबीचको आन्तरिक तनाव र असन्तोषको संकेतका रूपमा पनि हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस