२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा

२०८१, ६ कार्तिक मंगलवार १२:१८

काठमाडौँ | फ्रान्सको बोरगोइँ जालियूँमा छिमेकीले बान्टाम जातको भाले ‘रिको’को ठुलो स्वरमा बासेको भन्दै भालेका मालिकविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। भालेको बासेका कारण आफ्नो एकाग्रता बिग्रिएको, राम्रोसँग सुत्न नपाएको र कान दुख्ने समस्या भएको आरोप लगाउँदै छिमेकीले यो मुद्दा दर्ता गरेका हुन्। यस विषयमा आगामी जनवरीमा अदालतमा सुनुवाइ हुने तयारी छ।

रिकोका मालिक फ्रांकले भने छिमेकीको आरोपलाई अस्वीकार गर्दै, भालेको खोरमा अटोमेटिक प्रणाली जडान गरेको र खोरको ढोका जाडोमा बिहान साढे ८ बजे र गर्मीमा ९ बजे मात्रै खुल्ने बताएका छन्। उनले रिकोले बिहान करिब एक घण्टामा १५ पटक जति बास्ने र दिनमा केही पटक मात्र बास्ने गर्ने बताए।

करीब २५ वर्षअघि सहरबाट गाउँमा सरेका फ्रांक दम्पत्ती छिमेकीको यस्तो व्यवहारबाट चकित बनेका छन्। सुरुमा टाउन हलमार्फत सहमतिको प्रयास गरे पनि समाधान नभएपछि छिमेकीले मुद्दा दर्ता गरेका हुन्।

यता, मुद्दा हालेका छिमेकी सन् २०२१ मा गाउँमा सरेका हुन्। उनका अनुसार रिकोको बासेका कारण बगैँचामा आराम गर्नसमेत कठिनाइ भइरहेको छ र उनी यो समस्याको समाधान चाहन्छन्।

फ्रान्समा यस्ता मुद्दा गम्भीर रूपमा लिइन्छन्, र यो मुद्दा अदालतमा पुगेको तेस्रो उदाहरण हो। यसअघि पनि दुई अन्य भालेको बासेका सम्बन्धी विवादले कानुनी रूप लिएको थियो।

यद्यपि, रिकोको पक्षमा सामाजिक सञ्जालमा व्यापक समर्थन पाइरहेको छ। फेसबुकमा सुरु गरिएको पेजमा फलोअर्सहरूले रिकोलाई बासिरहन प्रेरित गरिरहेका छन्, भने भाले बासेको मन नपरेका व्यक्तिहरूलाई अन्यत्र सर्न सुझाव दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो