2026-10-23 10:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा

काठमाडौँ | फ्रान्सको बोरगोइँ जालियूँमा छिमेकीले बान्टाम जातको भाले ‘रिको’को ठुलो स्वरमा बासेको भन्दै भालेका मालिकविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। भालेको बासेका कारण आफ्नो एकाग्रता बिग्रिएको, राम्रोसँग सुत्न नपाएको र कान दुख्ने समस्या भएको आरोप लगाउँदै छिमेकीले यो मुद्दा दर्ता गरेका हुन्। यस विषयमा आगामी जनवरीमा अदालतमा सुनुवाइ हुने तयारी छ।

रिकोका मालिक फ्रांकले भने छिमेकीको आरोपलाई अस्वीकार गर्दै, भालेको खोरमा अटोमेटिक प्रणाली जडान गरेको र खोरको ढोका जाडोमा बिहान साढे ८ बजे र गर्मीमा ९ बजे मात्रै खुल्ने बताएका छन्। उनले रिकोले बिहान करिब एक घण्टामा १५ पटक जति बास्ने र दिनमा केही पटक मात्र बास्ने गर्ने बताए।

करीब २५ वर्षअघि सहरबाट गाउँमा सरेका फ्रांक दम्पत्ती छिमेकीको यस्तो व्यवहारबाट चकित बनेका छन्। सुरुमा टाउन हलमार्फत सहमतिको प्रयास गरे पनि समाधान नभएपछि छिमेकीले मुद्दा दर्ता गरेका हुन्।

यता, मुद्दा हालेका छिमेकी सन् २०२१ मा गाउँमा सरेका हुन्। उनका अनुसार रिकोको बासेका कारण बगैँचामा आराम गर्नसमेत कठिनाइ भइरहेको छ र उनी यो समस्याको समाधान चाहन्छन्।

फ्रान्समा यस्ता मुद्दा गम्भीर रूपमा लिइन्छन्, र यो मुद्दा अदालतमा पुगेको तेस्रो उदाहरण हो। यसअघि पनि दुई अन्य भालेको बासेका सम्बन्धी विवादले कानुनी रूप लिएको थियो।

यद्यपि, रिकोको पक्षमा सामाजिक सञ्जालमा व्यापक समर्थन पाइरहेको छ। फेसबुकमा सुरु गरिएको पेजमा फलोअर्सहरूले रिकोलाई बासिरहन प्रेरित गरिरहेका छन्, भने भाले बासेको मन नपरेका व्यक्तिहरूलाई अन्यत्र सर्न सुझाव दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने