डिवि विष्ट/ माघ ५, बझाङ (चैनपुर) । पौष १ गते देखी सन्चालन भएको सहायक स्तरका कर्मचारीहरुका लागी कार्यलय कार्यविधि तथा ब्यावस्थापन विषयक सेवा कालीन प्रशिक्षण तालीम सम्पन्न भएको छ । सदरमुकाम चैनपुरमा सन्चालन भएको ३५ दीने तालीम आज एक औपचारीप्क समारोहका विच सम्पन्न भएको हो ।
निमीत्त स्थानीय विकास अधिकारी देब राज जोशीको अध्यक्ष्तामा सन्चालन भएको उक्त समापन तालीममा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ल रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रशिक्षर्थिी टीटा मगरले तालीममा सिकेका कुराहरुलाइृ ब्यावहारमा लागु गर्नुका साथै आफुहरुले पालना गर्नु पर्ने कर्तब्य , क्षमता अभिवृद्धीका साथै हौसला मीलेको बताउनु भएको थियो । त्यस्तै प्रशिक्षर्थिहरुले काठमान्डौमा गएर प्राप्त गर्नु पर्ने तालीम सदरमुकाम चैनपुरमा नै प्रदान गर्ने अवसर मीलाई दीएकोमा आयोजक ग्रामीण विकास प्रशिक्षण केन्द्र लाई कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी खगेन्दै मल्लले धन्यबाद ज्ञापन गर्नु भयो साथै उहाँले आगामी दीनहरुमा छुटेका कर्मचारीहरुलाई पनी यस्तै तालीम दीलाउनु हने छ भन्ने अपेक्षा राखेको बताउनु भयो ।
कार्यक्रममा प्रशिक्षर्थि प्रसाद पुरीले समसामयि विषयमा तयार पारेको कविता तथा गित समेत प्रस्तुत गरी अतिथी तथा सहभागीहरुलाई मनोरन्जन प्रदान गर्नु भएको थियो । तालीमका मुख्य प्रशीक्षक पुस्प विक्रम शाही रहनु भएको जनाईएको छ ।