९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन

६ कार्तिक २०८१, मंगलवार १२:५२

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूसँगको बैठकमा आफूलाई तानाशाहीको आरोप लगाइएको भन्दै कुनै प्रतिशोधको भावना नरहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् राजनीतिक सल्लाहकार विष्णु रिमालमार्फत् आफ्नो भनाइ प्रकट गरेका छन्।

ओलीले रवि लामिछानेमाथि कुनै प्रतिशोध नसाँधेको बताएका छन् र संसदीय छानबिन समिति गठन नगर्न सुझाव दिएका थिए। “मलाई कुनै प्रतिशोधको राजनीतिक गर्नु छैन। मेरो कसैसँग दुराभाव छैन। मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ,” उनले भने।

प्रधानमन्त्री ओलीले आफूलाई तानाशाहीको आरोप लगाइएको भए पनि थप तिक्तता नहोस् भनेर कुनै जवाफ नदिएको बताएका छन्। उनले भने, “अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ। थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन।”

यसैबीच, उनले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने योजना नभएको पनि स्पष्ट गरेका छन्। “विगतमा नेकपा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ। तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन,” ओलीले थपे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो