2026-09-06 01:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

ढाका | बङ्गलादेशमा राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग्दै उग्र प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनकारीहरूले बुधबार मध्यराति राजधानी ढाकास्थित राष्ट्रपति भवन ‘बङ्गभवन’तर्फ अगाडि बढ्दै भवन घेरेका छन्। सेनाले ब्यारिकेड लगाएर प्रदर्शनकारीहरूलाई रोकेको भए पनि उनीहरूले बङ्गभवन बाहिर उभिएर राष्ट्रपतिको राजीनामाको माग गर्दै नारा लगाइरहेका छन्।

प्रदर्शनकारी समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’को नेतृत्वमा मंगलबार भएको केन्द्रीय शहीद मिनारको र्यालीमा राष्ट्रपति साहाबुद्दिनको राजीनामासहित पाँचबुँदे माग घोषणा गरिएको थियो। उनीहरूले राष्ट्रपति साहाबुद्दिनलाई शेख हसिनाको अधिनायकवादी सरकारका सहयोगी भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

मोहम्मद साहाबुद्दिन २०२३ मा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका १६औँ राष्ट्रपति हुन्। तर, भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ को संविधान खारेज गरी २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ। उनीहरूले अवामी लिगको विद्यार्थी सङ्गठनलाई प्रतिबन्ध लगाउनसमेत माग गरेका छन्।

प्रदर्शनकारीहरूले सन् २०१८ र २०२४ का चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावबाट निर्वाचित सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग राखेका छन्। साथै, गणतन्त्रको घोषणा गर्न र सरकारी जागिरका लागि रहेको आरक्षण प्रणाली अन्त्य गर्नसमेत उनीहरूले जोड दिएका छन्।

बढ्दो दबाबका बीच प्रधानमन्त्री शेख हसिनाले ५ अगस्टमा राजीनामा दिएपछि अन्तरिम सरकार गठन गरिएको थियो। नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा हाल बङ्गलादेशमा अन्तरिम सरकार सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ