७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

७ कार्तिक २०८१, बुधबार १२:३१

ढाका | बङ्गलादेशमा राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग्दै उग्र प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनकारीहरूले बुधबार मध्यराति राजधानी ढाकास्थित राष्ट्रपति भवन ‘बङ्गभवन’तर्फ अगाडि बढ्दै भवन घेरेका छन्। सेनाले ब्यारिकेड लगाएर प्रदर्शनकारीहरूलाई रोकेको भए पनि उनीहरूले बङ्गभवन बाहिर उभिएर राष्ट्रपतिको राजीनामाको माग गर्दै नारा लगाइरहेका छन्।

प्रदर्शनकारी समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’को नेतृत्वमा मंगलबार भएको केन्द्रीय शहीद मिनारको र्यालीमा राष्ट्रपति साहाबुद्दिनको राजीनामासहित पाँचबुँदे माग घोषणा गरिएको थियो। उनीहरूले राष्ट्रपति साहाबुद्दिनलाई शेख हसिनाको अधिनायकवादी सरकारका सहयोगी भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

मोहम्मद साहाबुद्दिन २०२३ मा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका १६औँ राष्ट्रपति हुन्। तर, भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ को संविधान खारेज गरी २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ। उनीहरूले अवामी लिगको विद्यार्थी सङ्गठनलाई प्रतिबन्ध लगाउनसमेत माग गरेका छन्।

प्रदर्शनकारीहरूले सन् २०१८ र २०२४ का चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावबाट निर्वाचित सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग राखेका छन्। साथै, गणतन्त्रको घोषणा गर्न र सरकारी जागिरका लागि रहेको आरक्षण प्रणाली अन्त्य गर्नसमेत उनीहरूले जोड दिएका छन्।

बढ्दो दबाबका बीच प्रधानमन्त्री शेख हसिनाले ५ अगस्टमा राजीनामा दिएपछि अन्तरिम सरकार गठन गरिएको थियो। नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा हाल बङ्गलादेशमा अन्तरिम सरकार सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद