असार १० पर्वत । धार्मिक तथा पर्यटकीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
असार १० पर्वत । धार्मिक तथा पर्यटकीय "/>
२३ कार्तिक २०८१, शुक्रबार
पर्बत - PBT

गुप्तेश्वर गुफाको साधारणसभा तथा अधिवेशन सम्पन्न

१० असार २०७४, शनिबार १३:२६

असार १० पर्वत । धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफाको साधारणसभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा ४स्थित गुफा परिसरमा गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाको १८ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । 
कार्यक्रममा प्रमुख अतिथि कुनपा ४ वडा अध्यक्ष मिना कर्माचार्य रहेकी थिइन् । प्रमुख अतिथि कर्माचार्यले गुप्तेश्वर गुफा एउटा वडा र कुश्माको मात्र नभई सिंगो जिल्लाको गहना भएको बताइन् । उनले भौतिक संरचना निर्माणले गुफाको विकासमा टेवा पुगेको र सामाजिक कार्य इमान्दारिताका साथ पुरा हुनु राम्रो भएको उल्लेख गरिन् । गुफाको भौतिक विकासमा आफ्नो वडाबाट हुनसक्ने आर्थिक र भौतिक जुनसुकै सहयोग गर्न आफू तयार रहेको उनको भनाई थियो ।


कार्यक्रममा गुफाका वरिष्ठ सल्लाहकार बलराम कर्माचार्यले आफ्नो भनाई राख्दै निर्माणाधिन भौतिक संरचनाको सुरक्षाका लागि खोलामा तटबन्ध निर्माण गरिनुपर्ने बताए । उनले बलियो गरी पर्खाल लगाएर खोलालाई छेक्न नसक्ने हो भने पचासौ लाख खर्चिएर निर्माण गरिएको गुफाको भवन जोखिममा पर्न सक्ने संकेत गरे । गुप्तेश्वर व्यवस्थापन समितिको पहलमा संचालनमा आएको वेदवेदांग पाठशालाले गुफा समितिसँग सहकार्य नगरी हिड्ने गरेको भनी सल्लाहकार कर्माचार्यले गुनासो व्यक्त समेत गरेका थिए ।


कार्यक्रममा गुफा परामर्श समिति सदस्य बसन्त बहादुर सिकेले गुफामा भौतिक संरचना निर्माणको कार्य हुनु राम्रो भएको भनी तारिफ गरे । गुफा व्यवस्थापन समितिमा जोसुकै आए पनि सवैसँग सहकार्य गरी अगाडि बढ्न उनले सुझाए । उक्त कार्यक्रममा परामर्श समिति सदस्य लक्ष्मीकान्त आचार्य, पत्रकार महासंघ पर्वतका उपाध्यक्ष तथा गुफा कार्य समितिका सदस्य प्रनिश गिरी, एकता युवा क्लवका सचिव गोकुल शर्मा लगायतले .मन्तव्य राखेका थिए । गुफा व्यवस्थापन समिति सदस्य मानकुमारी गिरीले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन् भने संचालन सहसचिव विष्णुप्रसाद नेवारले गरेका थिए ।


कार्यक्रममा संस्थाको आर्थिक वर्ष०७०÷०७१देखि ०७३÷०७४ सम्मको आयव्यय सार्वजनिक गरिएको थियो । आयव्यय सार्वजनिक गरेका संस्थाका कोषाध्यक्ष गणेश भण्डारीका अनुसार कुल आम्दानी २ लाख ९७ हजार ५ सय छ भने उठ्न बाँकी रकम ७ लाख ४९ हजार बराबर छ । आर्थिक वर्ष ०७३÷०७४ को कुल खर्च रकम १ लाख ४८ हजार बराबर छ । गुफा संस्थाले विभिन्न व्यक्तिहरुलाई व्याजमा लगानी गरेको उल्लेख छ । केही व्यक्तिले गुफाको रकम व्याजमा लिएका तर लामोसमयदेखि साहु व्याज समेत नतिरेको देखिन्छ ।

त्यसैगरी गुफाको भौतिक संरचना निर्माण उपसमिति कोषाध्यक्ष शिवप्रसाद सुवेदीले भौतिक संरचना निर्माणका लागि ३३ लाख ७५ हजार बराबर खर्च भएको विवरण पेश गरेका छन् भने भुक्तानी दिन बाँकी हिसाव ४ लाख ९८ हजार बराबर छ ।


कार्यक्रम संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्षको मन्तव्य राख्दै श्रेष्ठले सवैको साथ र सहयोगबाट गुफामा भौतिक संरचना निर्माणको कार्यले गति पाएको उल्लेख गरे । गुप्तेश्वर गुफाको महत्व धेरै भएको बताउदै उनले सवै मिलेर विकासका लागि लाग्ने हो भने गुफालाई चार नम्वर प्रदेशकै पर्यटकीय केन्द्र बनाउन सक्ने दावी गरे । नयाँ कार्यसमिति गठनको प्रक्रिया भने आइतवार मात्र पुरा गरिने संस्थाका पदाधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यी विषयमा हुने छलफल त्रिभुवन विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ बढ्यो अमेरिकी डलर र युरोको भाउ एनपिएल : पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक आजको मौसम यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना सबै विदेशी श्रमिकलाई सञ्चय कोष सुविधा दिने मलेसियाको घोषणा शान्ति प्राप्त गर्नका लागि योगलाई आत्म साथ गरौं: मेयर गजेन्द्र महर्जन छठ पूजामा छालाको जुत्ता लगाएरै सूर्यलाई अर्घ दिएपछि राष्ट्रपतिको आलाेचना करेन्ट लागेर नेपाली सेनाको मृत्यु ‘ह्रस्व दीर्घ’ रिलिजमा ब्रह्मानन्दम नेपाल आउने! उपनिर्वाचनका लागि रास्वपाले खटायो सातै प्रदेशमा नेता फेसबुक प्रेम: पेटमा गर्भ रहेको थाहा पाएपछि ब्लक गरेर प्रेमी भागेपछि.. सलमानपछि शाहरुखलाई पनि ज्यान मार्ने धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता हात भाँचिएर अस्पतालमा ल्याइएकी बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा चलचित्रपूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल क्यानडा-अमेरिका सिरिजमा ठूलो मौका गुमायौं : रोहित पौडेल जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो, गयो मन्त्री पद सीआइबीले थाल्यो एसपी र इन्स्पेक्टर मुछिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान फेसबुकमा दीपकराज गिरी र निश्चल बस्नेत जुवारि